३ बैशाख २०८३, बिहीबार
Follow Us

सुनीता मृत्यु प्रकरणः डाक्टर श्रीमानबाट घर–गाडी दाइजो माग्दै यातना

नेपालब्रिटेन डट कम्
१७ चैत्र २०७५, आईतवार ०३:२९

वीरगन्ज — थप दाइजो नपाएको निहुँमा सुनीता यादवको घरपक्षले उनलाई विवाहको दोस्रो महिनादेखि निरन्तर यातना दिएको खुलेको छ । उनको उपचारकै क्रममा शुक्रबार राति काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको थियो ।

सुनीताले ०६२ असार २ मा जिल्ला प्रशासन कार्यालय पर्सामा जीउज्यानको सुरक्षा माग्दै निवेदनसमेत दिएकी थिइन् । त्यस बेला उनका पति डा सचितानन्द यादवले आइन्दा गल्ती नदोहोर्‍याउने भन्दै लिखित रुपमै माफी मागेको हरिखेतान बहुमुखी क्याम्पस प्रमुख भगवान यादवले बताए । उनी सुनीताका पारिवारिक सदस्य हुन् ।
नारायणी अस्पतालमा कार्यरत सचितानन्दसँग बारा, परवानीपुर–५ की सुनीताको ०५९ फागुन ९ मा विवाह भएको थियो । माइती पक्षले १२ लाख ५० हजार नगद, २ लाख ५० हजार रुपैयाँको गरगहना र अन्य सामान गरी झन्डै २० लाख रुपैयाँ खर्चेको थियो ।

बहिनीलाई पहिलोपल्ट माइती बोलाउन गएका दाजु मनोहरसँग सचितानन्दका आमाबुबाले डाक्टर छोराका लागि एउटा मारुती कार र वीरगन्जमा घर खरिद गर्न भन्दै थप पैसा मागेका थिए । मनोहर आफूसँग त्यति पैसा नभएकाले बुबालाई जानकारी गराउन भन्दै बहिनीलाई घर लिएर आएका थिए । कान्तिपुर दैनिकमा खबर छापिएको छ ।

धेरै पढिएको