५ श्रावण २०८३, मंगलवार
Follow Us

सरकारलाई खबरदारी गर्दै सडकमै रोपियो धान

nepalbritain news
१५ असार २०७६, आईतवार १३:२१

झापा : सरकारलाई खबरदारी गराउन भन्दै झापाको भद्रपुर– बिर्तामोड सडकखण्डस्थित अन्नपूर्ण टोलमा स्थानीयहरूले मुख्य राजमार्गमै धान रोपेका छन्।

बिर्तामोडबाट चन्द्रगढी जाने बाटो निर्माण सुरु भएको १४ महिनामा सडक आसपासका नाला निर्माणको काम नभएपछि स्थानीयले यस्तो शैला विरोध गरेका हुन्।

स्थानीयवासी सन्तोष अग्रवालले ज्यान नै धरापमा पार्ने गरी लथालिङ्ग अवस्थामा सडक खनेर छोडेपछि धान रोपेर विरोध जनाएको बताए। ‘एकातिर स्मार्ट सिटी भन्ने’, उनले भने, ‘अर्कोतिर जनताको ज्यान नै धरापमा पार्ने गरी बाटो खनेर अस्तव्यस्त पार्ने काम मात्र भएको छ।’

बिर्तामोड–भद्रपुर सडकखण्ड आउँदो असोजसम्म पिच भइसक्नुपर्ने आयोजना हो। तर ठेकेदारको लापरबहीका कारण काम समयमा हुन सकेकोको छैन। बाध्य भएर राजमार्गको मुख्य सडकमै धान रोप्नुपरेको अर्का स्थानीय रामचन्द्र मैनालीले बताए।

२७ करोड रुपैयाँमा ठेक्का लागेको उक्त सडकखण्डको ४ किलोमिटर सडक निर्माण पूरा गर्ने गरी आशिष प्रेरा जेभीले गत असारमा ठेक्का लिएको थियो।
अन्नपूर्ण पोष्ट

धेरै पढिएको