काठमाडौ । नेपालमा पछिल्लो चौविस घण्टामा थप ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ७ सय ६० पुगेका छ । कोरोनाका पछिल्लो चौविस घण्टामा थप १ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा दुई हजार ६६ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।
त्यस्तै पछिल्लो चौविस घण्टामा थप ७१ जना कोरोना मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ७० हजार १ सय ३९ पुगेको छ । हाल देशभर १ हजार ५ सय ५५ जना आइशोलेशनमा र ६३ जना क्वारेन्टीनमा रहेका छन् । हालसम्म कोरोना संक्रमण पहिचानका लागि २१ लाख ५० हजार २ वटा २५ वटा नमुना पीसीआर विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।