काठमाडौं । सर्वोच्च अदालतले पशुपतिनाथ मन्दिरमा जलहरी राख्ने निर्णय यथास्थितिमा राख्न आदेश दिएको छ।अधिवक्ता नितिका ढुंगानाले दायर गरेको रिटमा बुधबार न्यायाधीश पुरूषोत्तम भण्डारीको इजलासले पशुपतिमा सुनको जलहरी किन राख्ने भन्दै कारण देखाउन समेत आदेश गरेको हो।
सर्वोच्च अदालतको वेबसाइटमा जनाइए अनुसार उक्त निर्णय गर्नुको कारण खुलाएर लिखित जवाफ माग्ने, निर्णयलाई दुवै पक्षको आदेश नहुन्जेल यथास्थितिमा राख्न र दुवै पक्षलाई छलफलमा बोलाउने आदेश भएको छ।
सर्वोच्चले जलहरी नराख्न अन्तरकालीन आदेश जारी गर्नुपुर्व आजै मध्यान्न राष्ट्रपति राष्ट्रपति भण्डारीको उपस्थितिमा पशुपतिनाथ मन्दिरको मूल शिवलिंगमा जलहरीले ढाकिएको छ । पहिले चाँदीको जलहरी रहेको ठाउँमा जीर्ण भएको भन्दै त्यहाँ ८० करोड रुपैँया खर्च गरेर १०८ किलोको सुनको जलहरीले ढाकेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।