लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको आगामी जुलाई महिनामा हुने निर्वाचनमा दीपक श्रेष्ठले अध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् ।
श्रेष्ठ गैरआवासीय नेपाली संघ (एनआरएनए) इंग्ल्याण्ड राज्य परिषदका अध्यक्ष हुन् ।
बुद्ध फाउण्डेसन यूकेका संस्थापक अध्यक्ष समेत रहेका श्रेष्ठले यसअघि एनआरएनए यूकेको कार्यसमितिमा सदस्य र कोषाध्यक्षको
जिम्मेवारी समालेका थिए ।
श्रेष्ठ बेलायतमा क्यास एण्ड क्यारी, पब र प्रोपर्टी व्यवसायमा संलग्न छन् । उनले नेपालमा बेलुन नेपाल प्रा लि, लुम्बिनी क्रसर प्रालि, हिमालयन ग्लोवल इन्भेष्टमेन्ट प्रालि मार्फत विभिन्न व्यवसायमा लगानी गरेका छन् ।
यसअघि गैरआवासीय नेपाली संघ यूकेको अध्यक्षको लागि रोजिना प्रधान राई, सुनिक खड्का, प्रेम मगर लगायतले आआफ्नो उम्मेदवारी दावी गरेका छन् ।