२६ पुष २०८२, शनिबार
Follow Us

मनाङ कांग्रेसमा शंकर गुरुङ सर्वसम्मत

नेपालब्रिटेन डट कम्
१६ भाद्र २०७८, बुधबार ०६:२७

लमजुङ । नेपाली कांग्रेस मनाङले अधिवेशन नहुँदै नयाँ नेतृत्वको टुंगो लगाएको छ । काँग्रेसको आसन्न १४ औँ महाधिवेशन हुनेरनहुने अन्यौल रहेका बेला मनाङले सहमतिमै नयाँ नेतृत्वको टुंगो लगाएको हो ।

महाधिवेशनको मिति पटकपटक सर्दै आएका बेला १८ भदौबाट वडा तहका अधिवेशन सुरु गर्ने समय तालिका छ । तर मनाङमा शंकर गुरुङलाई जिल्ला सभापति बनाउने निर्णय भएको छ । उनी निवर्तमान सभापति हुन् । सर्वसम्मत नयाँ नेतृत्वको टुंगो लागिसकेको जिल्ला सचिव सुरेन्द्र गुरुङले बताए । बाँकी पदाधिकारी पनि टुंगो लागिसके पनि नाम सार्वजनिक भइसकेको छैन ।

धेरै पढिएको