२६ पुष २०८२, शनिबार
Follow Us

विशेष महाधिवेशन पक्षधरको पदयात्रा स्थगित

नेपालब्रिटेन संवाददाता
२६ पुष २०८२, शनिबार ०६:५५

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वमन्त्री होमनाथ दाहालको निधनपछि पार्टीभित्र शोक छाएको छ । दाहालको निधनप्रति सम्मान प्रकट गर्दै नेपाली कांग्रेस (विशेष महाधिवेशन पक्षधर) ले आज आयोजना गर्न लागेको पदयात्रा कार्यक्रम स्थगित गरेको छ ।

पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माद्वारा आह्वान गरिएको आगामी २७ र २८ गतेको विशेष महाधिवेशनको पूर्वसन्ध्यामा प्रचारप्रसारका लागि आज दिउँसो १ बजे भृकुटीमण्डपबाट पदयात्रा गर्ने कार्यक्रम तय भएको थियो । तर, वरिष्ठ पत्रकार समेत रहेका अग्रज नेता दाहालको दुःखद् निधनको खबरसँगै आयोजक समूहले तत्कालका लागि सडक केन्द्रित कार्यक्रम रोक्ने निर्णय गरेको हो ।

विशेष महाधिवेशन पक्षधरद्वारा आयोजित पत्रकार अन्तरक्रियाका क्रममा आयोजकहरूले दिवंगत दाहालप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकको यस घडीमा औपचारिक कार्यक्रमहरू अघि नबढाउने जानकारी दिएका छन् । कांग्रेस महामन्त्रीद्वयले पार्टी रुपान्तरण र समसामयिक राजनीतिका विषयमा छलफल गर्न भन्दै यही २७ र २८ गतेका लागि विशेष महाधिवेशन बोलाएका छन् । सोही महाधिवेशनको माहोल बनाउन आज पदयात्राको तयारी गरिएको थियो ।

धेरै पढिएको