२४ असार २०८२, मंगलवार
Follow Us

टिभी सन्डेको न्यूयोर्कमा उद्धघाटन

नेपालब्रिटेन डट कम्
१६ भाद्र २०७८, बुधबार ०८:१५

साउथ एशिएन–अमेरिकन समुदायलाइ अमेरिकन मूलधारसंग निकट गराउने उदेश्यले स्थापित भएको टिभी सन्डेको आइतबार न्यूयोर्कमा उद्यघाटन गरियो ।

न्यूर्योक डिष्टिक ३८ का एसेम्बलीवेमेन जेनिफर राजकुमार र न्युयोर्कका नेपाली महाबाणिज्यदूत बिष्णुप्रसाद गौतमले संयुक्त रुपमा उद्यघाटन गरेको कार्यक्रममा नेपाली अमेरिकन समुदायका अगुवा, उद्योगी व्यवसायी, पत्रकार लगायतको उपस्थिति थियो । अमेरिकालाइ विश्वकै विविधता भएको मुलुक मानिन्छ, टिभी सन्डेले यहि बिविधतलाइ लाक्षितबर्ग बनाउने बताएको छ ।

“बिभिन्न समुदायको मौलिक पहिचानलाइ प्रवर्धन गर्दै अमेरिकी मुलधारको सामाजीक एवं राजनीतिक गतिबिधिमा आप्रवासी समुदायलाइ प्रोत्साहन गर्ने हाम्रो मुल उदेश्य हो” टिभीका प्रधान सम्पादक तथा प्रस्तोता किरण मरहठ्ठाले भने । प्रमुख अतिथी जेनिफर राजकुमारले टिभी सन्डेले मुलधारको मिडिया सरह सफलता पाउने कुरामा आफु विश्वस्त रहेको र यसका लागी आफुले सकेको सहयोग गर्ने बचन दिनुभयो ।

“टिभी सन्डे सबै न्यूर्योकवासीले गर्ब गर्ने मिडिया बन्ने मेरो विश्वास छ” उनले भनिन् । नेपाली महाबाणिज्यदूत बिष्णुप्रसाद गौतमले नेपाली समुदायको गतिबिधिलाइ अन्तराष्ट्रि«य समुदाय माझ लैजान टिभी सन्डेको योगदान रहने विश्वास व्यक्त गर्नुभयो । “नेपाली मिडियाकर्मीहरुको यो प्रयासलाइ म पुर्ण सहयोग गर्ने तयार छु” वहाँले भन्नु भयो ।

न्यूर्योकको फोरेष्ट हिलटावरमा स्टुडियो रहेको टिभि सन्डेको लण्डन, दोहा, मेलबर्न र काठमाण्डौमा व्युरो कार्यलय छन् । शुरुमा दैनिक २ घण्टा कार्यक्रम प्रशारण गर्ने र समयक्रममा बढाउदै लैजाने छ । हाल वेभ स्टिमीगं मार्फत प्रशारण गर्ने र केहि समय पछि केबुलमार्फत प्रशारण गरिने लक्ष्य रहेको मरहठ्ठाले जानकारि दिनुभयो ।


कार्यक्रममा डेमोक्रेटिक पार्टी नेताहरु, शेखर कृष्णन, क्यारोलिनी ट्रान, इनग्रिड गोमेज, जर्ज ओनोरा, सुरज जसवाल, नेपाली कांग्रेसका आमन्त्रित केन्द्रिय सदस्य तथा जनसंपर्क समिति अमेरिका सभापति आनन्द बिष्ट, नेपाली अवैतनिक महाबाणिज्यदूत प्रेमराज महत, राप्रपा महामन्त्रि प्रेम श्रेष्ठ, एनआरएनए एनसिसि अमेरिकाका बरिष्ठ उपाध्यक्ष कृष्णजिवि पन्थ, उपाध्यक्ष दिलु पराजुली,महासचिव अन्जन कुमार चौलागाइ, फिप्नाका अध्यक्ष लोक चेम्जोगं, एनआरएनए अमेरिकाका पुर्वअध्यक्ष खगेन्द्र जिसी, कानून व्यवसायी बासदेवु फुलारा, नेपाल पत्रकार महासंघका पुर्वसदस्य दिवाकर बागचन्द, जिपी कोइराला फाउन्डेसनका अन्ध्यक्ष सोमनाथ धिमिरे, ओएनएफका सचिव कृष्ण लामीछाने न्यूयोर्क पोलिटिकल कोलिसनकी अध्यक्ष इनुस इकवानी, लगायतले मन्तव्य राखेका थिए ।

धेरै पढिएको