२५ पुष २०८२, शुक्रबार
Follow Us

काठमाडौं उपत्यकामा असोज १ गतेदेखि विद्यालय खोल्ने निर्णय

नेपालब्रिटेन संवाददाता
२१ भाद्र २०७८, सोमबार १२:५५

काठमाडौं । काठमाडौं उपत्यकाका विद्यालय असोज १ गतेदेखि खुल्ने भएका छन् । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी र उपत्यकाका पालिकाहरुको संयुक्त बैठकले असोज १ गतेदेखि विद्यालय खोल्ने निर्णय गरेको हो ।

अनलाइन कक्षा प्रभावकारी नभएको अवस्थामा पालिकाहरूले अभिभावक र शिक्षकसँग छलफल गरेर निर्णय गरी जिल्ला कोभिड–नाइन्टिन सङ्कट व्यवस्थापन केन्द्र डीसीसीएमसीसँग समन्वय गरेर विद्यालय खोल्ने निर्णय भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो ।

कोरोनाको दोस्रो लहर शुरु भएपछि गत वैशाखदेखि विद्यालय सञ्चालन भएको छैन । काठमाडौंकै कतिपय ठाउँमा भने यसअघि नै भौतिकरुपमा विद्यालय सञ्चालन भइ सकेको छ ।

अझै पनि कोरोना संक्रमणको दर २० प्रतिशतको हाराहारीमा रहेकाले जोखिम कायमै रहेको स्वास्थ्य मन्त्रालयले बताउँदै आएको छ ।

धेरै पढिएको