२५ पुष २०८२, शुक्रबार
Follow Us

ओलीले दायर गरेकाे रिटको सुनुवाइ प्रधानन्यायाधीशको इजलासमा

नेपालब्रिटेन संवाददाता
२२ भाद्र २०७८, मंगलवार ०६:१७

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एस)दर्ता अवैधानिक भन्दै सर्वोच्च अदालतमा दर्ता गरेको रिटको आज सुनुवाई हुँदैछ । निर्वाचन आयोग र सभामुखविरुद्ध दायर गरेको सो रिटेको सुनुवाई प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको इजलासमा तोकिएको छ ।

एमाले विभाजन गरेर बनेको नेकपा एकीकृत समाजवादीलाई दलको मान्यता दिएको भन्दै ओलीले गत बुधवार सर्वोच्चमा रिट दायर गरेका थिए । एमालेले कारवाही गरेका १४ सांसद र ९ केन्द्रीय सदस्यको सनाखत गैरकानूनी भएको भन्दै नेकपा एकीकृत समाजवादी खारेजीको माग रिटमा गरिएको छ।

धेरै पढिएको