२५ पुष २०८२, शुक्रबार
Follow Us

एमालेको विधान महाधिवेशन असोज १५ देखि १७ गते

नेपालब्रिटेन संवाददाता
२६ भाद्र २०७८, शनिबार १३:११

काठमाडौँ । प्रतिपक्षी दल नेकपा एमालेको असोज ४ देखि ६ गतेसम्मका लागि तोकिएको विधान महाधिवेशन सरेको छ । शनिबार बसेको स्थायी कमिटी बैठकले विधान महाधिवेशन असोज १५ देखि १७ गतेका लागि सार्ने निर्णय गरेको नेकपा एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले जनाकारी दिए ।

विधान महाधिवेशनमा करिब ३ हजार जना प्रतिनिधि सहभागी गराउने विषयमा छलफल भएको छ । तर को को सहभागी हुने भन्ने विषय टुंगिएको छैन । त्यसका लागि शनिबार दिउँसो ३ बजे पुन बैठक बोलाइएको हो । विधान महाअधिवेशनमा हालको केन्द्रीय कमिटीका सदस्य, केन्द्रीय निकाय, केन्द्रीय विभाग, प्रदेश कमिटी, जिल्ला कमिटी, संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि सहभागी गराउने प्रस्ताव आएको छ ।

धेरै पढिएको