२ जेष्ठ २०८१, बुधबार
Follow Us

अविरल वर्षापछि गएको पहिरोमा परी एकै परिवारका ३ जनाको मृत्यु

नेपालब्रिटेन संवाददाता
६ आश्विन २०७८, बुधबार ०४:५०

गुल्मी- गुल्मीमा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । रेसुङ्गा नगरपालिका–८ थुम्काका तिलक परियारको घर पुरिँदा उहाँका छोरी २१ वर्षीया भावना, १४ वर्षीया जुम्ल्याहा छोरी गङ्गा र जमुनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक पुरुषोत्तमप्रसाद पाण्डेले बताउनु भयो ।

एक तले पक्की घर माथीबाट ढुंगामाटो सहितको पहिरो बीचको कोठामा पसेपछि एकै ठाउँमा सुतीरहेका ३ जना पुरिएको पाण्डेले बताउनु भयो । तिलक परियारको घरमा ६ जनाको परिवार रहेका थिए ।

परिवारका ३ जना छोरीको मृत्यु भएको र उनकी श्रीमती र एक छोरी भने सकुशल रहेको प्रहरीले जनाएको छ । स्थानीयबासी, नेपाली सेना र नेपाल प्रहरीको सहयोगमा ३ जनाकै शब बिहान साढे ४ बजे मृत अवस्थामा निकाली गुल्मी अस्पताल तम्घास पठाईएको प्रहरीले जनाएको छ ।