काठमाडौँ । होटेल फरेस्ट इन लिमिटेडको आईपीओ आजदेखि सर्वसाधारणका लागि ब्रिकी खुला गरेको छ । कम्पनीले ४० करोड रुपैयाँबराबरको ४० लाख कित्ता सेयर निष्कासन गर्ने नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।
४० लाख कित्तामध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीलाई चार लाख कित्ता र, सामूहिक लगानी कोषका लागि दुई लाख कित्ता र कम्पनीमा कार्यरत कर्मचारीका लागि ८० हजार कित्ता निष्कासन गरी बाँडफाँट गरिसकेको छ ।
बाँकी रहेको ३३ लाख २० हजार कित्ता आईपीओ सबैका लागि खुला गरेको हो । यसको आईपीओ कम्तीमा १० कित्ता र बढीमा दुई लाख कित्तासम्म भर्न मिल्छ ।
लगानीकर्ताले माघ २६ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको धितोपत्र बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटल लिमिटेड रहेको छ ।