२२ बैशाख २०८१, शनिबार
Follow Us

एनआरएनए निर्वाचन: रविना थापाको उम्मेदवारी घोषणा भोलि

नेपालब्रिटेन डट कम्
६ आश्विन २०७८, बुधबार १२:२९

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएन) को अध्यक्षकी प्रत्यासी रविना थापाले औपचारिक रुपमा उम्मेदवारी घोषणा गर्ने भएकी छन् ।

उनले संघको अक्टोवर २० तारिख हुने निर्वाचनको लागि भोलि (२३ सेप्टेम्वर) काठमाण्डौंस्थित याक एण्ड यति होटलबाट आफ्नो उम्मेदवारी घोषणा गर्न लागेकी हुन् । उनी गैरआवासीय नेपाली संघकी उपाध्यक्ष समेत हुन् ।

थापाले नागरिकताको निरन्तरता, सम्पति माथिको अधिकार, नयाँ पुस्ता, नेपालमा लगानी, विदेशबाट मदाधिकार लगायतका अजेण्डा सहित आफ्नो घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेकी छन् ।
संघको १० औं महाधिवेशनमा नेतृत्वको लागि वर्तमान उपाध्यक्ष डा. बद्री केसी र कुल आचार्यले समेत उम्मेदवारी घोषणा गरेका छन् । कुल आचार्य समूहले परराष्ट्र मन्त्रालय मार्फत निर्वाचन प्रकृया रोके पछि थापाले असन्तुष्टी जनाउदै आएकी छन् ।