३ जेष्ठ २०८१, बिहीबार
Follow Us

दल विभाजनसम्बन्धी अध्यादेश प्रतिस्थापनपछि मात्र मन्त्रिपरिषद् विस्तार

नेपालब्रिटेन संवाददाता
६ आश्विन २०७८, बुधबार १२:५६

काठमाडौँ । सरकारले दल विभाजनसम्बन्धी ल्याएको अध्यादेश प्रतिस्थापनपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने भएको छ । त्यसको लागि सरकारले राजनीतिक दल विभाजन गर्न ल्याएको अध्यादेशलाई प्रतिस्थापन गर्न अर्को विधेयक ल्याउने तयारी गरेको छ ।

आजको नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)को स्थायी कमिटि बैठकमा अध्यक्ष प्रचण्डले त्यसको तयारी रहेको जानकारी दिएका थिए । प्रचण्डले शीर्ष नेताहरुसँगको बैठकपछि त्यसको टुङ्गो लाग्ने पनि जानकारी दिएका छन् । २० प्रतिशतले दल विभाजन गर्न पाउने विधेयक कायमै राखेर मन्त्रिपरिषद् विस्तार गर्दा दलहरु नै विभाजन हुने देखिएपछि प्रतिस्थापन विधेयक ल्याउने तयारी गरेको हो ।

आजको बैठकको विषयमा कुराकानी गर्दै माओवादी केन्द्रको प्रवक्ता कृष्णबहादुर महराले हाल संसदमा रहेको अध्यादेशलाई प्रतिस्थापन गर्न अर्को विधेयक ल्याइने बताए । ‘अाज दलको बैठकमा छलफल हुँदैछ । भोलिसम्म मन्त्रिपरिषद् विस्तार हुन्छ ।’ महराले भने ।

माओवादीले भने मन्त्रीको विषय टुङ्गो लगाउने जिम्मा अध्यक्ष प्रचण्डलाई दिइएको छ । भने बैठकले डोरप्रसाद पौडेललाई केन्द्रीय कार्यालयको सचिवमा राख्ने निर्णय गरेको छ ।