२२ बैशाख २०८१, शनिबार
Follow Us

एनआरएनए अध्यक्षमा रबिना थापाको उम्मेदवारी घोषणा

नेपालब्रिटेन डट कम्
७ आश्विन २०७८, बिहीबार १४:०९

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन) को अध्यक्षमा अमेरिकाबाट रबिना थापाले उम्मेदवारी घोषणा गरेकी छिन् ।
बिहीबार राजधानीमा आयोजि पत्रकार सम्मेलनमार्फत वर्तमान उपाध्यक्ष समेत रहेकी थापाले औपचारिकरुपमा उम्मेदवारी दिएकी हुन् । उनले आफ्ना एजेन्डाहरु पनि सार्वजनिक गरिन् ।

विदेशमा बस्ने नेपालीहरुको हकहित र दोहोरो नागरिकको विषयमा काम गर्ने उनको बताइन् । साथै, आफू अध्यक्ष भए विश्व बैंक र अमेरिकास्थित सांसदहरुसँग मिलेर काम गर्न सक्ने उनको भनाई छ ।

कांग्रेस निकट उम्मेदवार रहेकी थापाले कुनै पनि हालतमा आफ्नो उम्मेदवारी फिर्ता नहुने समेत दावी गरिन् । तर, कांग्रेसले भने अनौपचारिकरुपमा अध्यक्षका अर्का उम्मेदवार कूल आचार्यलाई सघाउने निर्णय गरेको छ ।

बुधबार काठमाडौंमा बसेको कांग्रेस पदाधिकारी बैठकले आचार्यलाई सघाउने जनाएको थियो । एनआरएनको दशौं अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलन आगामी अक्टोबर २३ देखि २५ मा काठमाडौंमा आयोजना हुँदैछ ।