२२ माघ २०८२, बिहीबार
Follow Us

दसैंका लागि अग्रिम टिकट बुकिङ खुला, यस्तो छ भाडा दर

नेपालब्रिटेन संवाददाता
८ आश्विन २०७८, शुक्रबार ०७:३३

काठमाडौँ । सरकारले असोज ११ गतेदेखि दसैंका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको छ। यातायात व्यवस्था विभागले बिहीबार यातायात व्यवसायी, उपभोक्ता अधिकारकर्मी र ट्राफिक प्रहरीसँगको छलफलपछि असोज ११ गतेदेखि लामो दूरी चल्ने सवारीसाधनको अग्रिम टिकट बुकिङ खुलाउने निर्णय गरेको हो। सरकारले गत असारदेखि सार्वजनिक सवारीको भाडा समायोजन गरेको छ। यात्रुवाहक सवारीको भाडा २८ प्रतिशतले बढाइएको भए पनि अन्तर प्रदेशको भाडा समायोजन लागू हुन सकेको छैन।

असार-भाडादर-1

धेरै पढिएको