२३ माघ २०८२, शुक्रबार
Follow Us

आगामी चुनावमा एमालेलाई ‘टर्च बालेर’ खोज्नुपर्ने अवस्था आउँछ : माधव नेपाल

नेपालब्रिटेन संवाददाता
९ आश्विन २०७८, शनिबार ११:५३

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफूहरुले अब एमाले अध्यक्ष केपी शर्मा ओलीलाई धुलो चटाएर छाड्ने बताएका छन् । हेटौंडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले अब ओलीलाई आफूहरुले धक्का दिँदै जाने बताएका हुन् ।

उनले कर्णाली र सुदूरपश्चिममा ओलीले ठुलो धक्का भोगिसकेको पनि बताए । “कर्णाली प्रदेशमा यो पार्टीले केपी ओलीलाई धुलो चटाइसकेको छ,” नेपालले भने,“हेर्दै जानुस् अब बागमती प्रदेश र प्रदेश १ मा पनि केपी ओलीले केही दिनमै धुलो चाट्ने छन् ।” नेपालले बागमती र प्रदेश १ का सरकार ढालेर आफ्नो पार्टीका नेतालाई मुख्यमन्त्री बनाउने संकेट गर्दै यस्तो भनेका हुन् ।

एमाले आगामी चुनावमा कमजोर बन्ने नेपालको भनाइ थियो । “एमाले आगामी चुनावमा टर्च बालेर खोज्नुपर्ने अवस्थामा गइरहेको हेर्दै जानुस् । केपी ओली अहंकारको घोडाबाट खसेपछि गालीगलौचमा लागेका छन् । उनीहरुको काम नै गाली गर्ने, त्यसैमा रमाउँछन् । हामी त्यस्तो गर्ने छैनौँ । सद्बुद्धि आओस्, मति सुध्रियोस् । हामी गलत बाटोमा जान चाहन्नौँ । नत्र त उहाँहरु र हामीमा के फरक ?” उनले भने ।

एकीकृत समाजवादीले युवा र महिलाहरुलाई नेतृत्वमा ल्याउने नेपापको भनाइ थियो । नेतृत्व लिनका लागि युवा र महिलाहरुलाई आह्वान गरेका थिए ।

धेरै पढिएको