८ जेष्ठ २०८१, मंगलवार
Follow Us

सत्तागठबन्धनको बैठकमा मन्त्रिपरिषद् विस्तार र अध्यादेशबारे छलफल

नेपालब्रिटेन संवाददाता
१० आश्विन २०७८, आईतवार ०६:४६

काठमाडौँ । सत्तागठबन्धनको बालुवाटारमा बसकेको बैठक सकिएको छ । सरकार गठन प्रकृया ढिलो भएको र अध्यादेश प्रकृयाको बारेमा आजको बैठकमा छलफल भएको माओवदीको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए । यी दुबै विषयमा प्रधानमन्त्रीको भूमिका हुने भएकाले यो विषयलाई छिटो टुङ्ग्याउने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल भएको उनले बताए ।

अहिलेसम्म मन्त्रिपरिषद् विस्तार हुन नसकेको भन्दै सरकारको ओलोचना सुरु भएको छ । त्यस्तै अहिले सकृय रहेको अध्यादेशको विषयमा पनि सत्तागठबन्धनबीच कुरा बाँझिएको छ । उक्त प्रकृया अलमल भएको र यि विषयलाई छिटो टुङ्ग्याउने गरि प्रधानमन्त्रीसँग छलफल भएको श्रेष्ठले बताए ।