८ जेष्ठ २०८१, मंगलवार
Follow Us

मन्त्रिपरिषद् बैठक ३ बजे

नेपालब्रिटेन संवाददाता
१४ आश्विन २०७८, बिहीबार ०५:४५

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषद् बैठक बोलाएका छन । बैठक आज अपरान्ह ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, सिहदरबारमा बैठक बस्न लागेको हो ।

आजै बस्ने सर्वदलीय बैठकपछि बस्न लागेको मन्त्रिपरिषद् बैठकमा मन्त्रिपरिषदको विषयमा निर्णय गर्ने बताइएको छ । लामो समयसम्म मन्त्रिपरिषद्ले पूर्णता नपाउँदा प्रधानमन्त्री देउवा आलोचित हुँदै आएका छन ।

सत्ता गठबन्धनबीच मन्त्रालय भागवण्डाको कुरा मिलेर मन्त्री बन्नेहरुको नाम दिए आजै मन्त्रिपरिषद्ले पूर्णता पाउने छ । यसअघि हिजो बसेको सत्ता गठबन्धन दलबीचको बैठकमा मन्त्रिपरिषद्लाई पूर्णता दिने सहमति भैसकेको छ ।

जसअन्तर्गत गठबन्धन दलले मन्त्रीका लागि पाउने संख्याको पनि टुंगो लागिसकेको छ, भने केही दलले आफ्नो पार्टीबाट मन्त्री हुनेको नाम समेत सार्वजनिक गरिसकेका छन् ।