२५ बैशाख २०८१, मंगलवार
Follow Us

गाउँको शिक्षा र विकासका लागि कतारमा संस्था गठन

नेपालब्रिटेन डट कम्
१० माघ २०७३, सोमबार ०५:४६

फलेवास । पर्वतको आर्थर डाँडाखर्क गाउँ विकास समितिमा रहेका सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा दिनका लागि सहयोग गर्ने तथा गाउँको विकासमा सघाउने उद्देश्यले कतारमा संस्था गठन भएको छ ।
पर्वतको आर्थर डाँडाखर्क गाविसबाट रोजगारीका लागि कतारमा पुगेका युवाले आर्थर डाँडाखर्क सेवा समाज गठन गरेका हुन् । आर्थर गाविसमा रहेका पञ्चकोसी माविसहित अन्य विद्यालयमा अङ्ग्रेजी माध्यममा शिक्षा दिने अभियानमा मुख्य सहयोग गर्न उक्त समाज गठन गरिएको हो । समाजले कतारमा रहेका युवालाई पञ्चकोसी मावि भूतपूर्व समाजले सञ्चालन गरेको फेसबुक अभियान मार्फत लाखौँ रुपैयाँ सहयोग सङ्कलन गरिरहेको छ । पर्वत युवा सेवा समाज कतारको मातहत रहने गरी गठन भएको आर्थर डाँडाखर्क सेवा समाजको उद्घाटन पर्वत युवा सेवा समाज कतारका अध्यक्ष दीपेन्द्रजंग लामिछानेले गर्नुभयो ।
आर्थर डाँडाखर्क सेवा समाजका अध्यक्ष धन सुनार खातीको सभापतित्वमा भएको कार्यक्रममा संस्थाको उद्देश्य माथि प्रकाश पार्दै संरक्षक अञ्जिव गुरुङले आर्थरमा शैक्षिक र सामाजिक क्षेत्रको विकासका लागि काम गर्ने जानकारी गराउनुभएको थियो ।