१२ जेष्ठ २०८१, शनिबार
Follow Us

विमलेन्द्र, प्रकाशमान र शशांकबीच छलफल

नेपालब्रिटेन संवाददाता
१८ आश्विन २०७८, सोमबार ११:५९

काठमाडौं । नेपाली कांग्रेसको सभापतिका दाबेदार तीन नेताबीच भेटवार्ता भएको छ । महाधिवेशनको मिति नजिकिँदै गर्दा नेताहरु विमलेन्द्र निधि, प्रकाशमान सिंह र शशांक कोइरालाबीच सोमबार भेट भएको हो । निधि निवास बानेश्वरमा तीन नेताबीच महाधिवेशन र सभापति पदमा उम्मेदवारीबारे गम्भीर छलफल भएको निधिका प्रेस सहयोगी रामजी दाहालले जानकारी दिए ।

पछिल्लो समय तीन नेताबीच भेटघाट बाक्लिएको छ । निधिले औपचारिक रुपमै सभापतिमा उम्मेदवारी घोषणा गरिसकेका छन् भने प्रकाशमान र शंशाक पनि सभापतिमा उठ्ने तयारीमा छन् । तीनै नेताले एक अर्कालाई सहयोग गर्न आग्रह गर्दै आएका छन् ।