३ श्रावण २०८२, शनिबार
Follow Us

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठको पद धरापमा

नेपालब्रिटेन संवाददाता
२० आश्विन २०७८, बुधबार ०४:३८

काठमाडौं । मन्त्रिपरिषद् विस्तार हुने भएसँगै कांग्रेसमा मन्त्री बन्नेहरुको चर्चा हुन थालेको छ । कांग्रेसबाट मन्त्री हुनेमा सुजाता कोइराला, मिनेन्द्र रिजाल, दिलेन्द्र बडु, राजन केसी, सञ्जय गौतम, तेजुलाल चौधरी, उमाकान्त चौधरी र पुष्पा भुषालको चर्चा छ ।

चर्चा ज जसको भएपनि बडु, रिजाल, उमाकान्त र पुष्पाको मन्त्री बन्ने सम्भावना धेरै रहेको स्रोतले बताएको छ । कांग्रेसले पुष्पालाई कानुन मन्त्री दिएर अहिलेका कानुन मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई स्वास्थ्य मन्त्री बनाउने तयारी गरेको छ ।

मन्त्री नियुक्त हुनासाथ व्यापारीलाई मन्त्री बनाएको भन्दै विवादमा मुछिनुभएको स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठको मन्त्री पद भने धरापमा पर्ने देखिन्छ । ‘कार्कीलाई स्वास्थ्य मन्त्री बनाएपछि श्रेष्ठ राज्यमन्त्रीबाट पनि आउट हुने सम्भावना धेरै छ’, स्रोतले भन्यो ।

धेरै पढिएको