२७ असार २०८२, शुक्रबार
Follow Us

तीन देशका राजदूत रारा भ्रमणमा

नेपालब्रिटेन डट कम्
३० कार्तिक २०७८, मंगलवार ०२:१२

काठमाडौँ। जलवायु परिवर्तन न्युनिकरणका लागि भएका प्रयासबारे बुझ्न तीन देशका राजदूत रारा पुगेका छन्। जलवायु परिवर्तनको अवस्था बारे बुझ्न अमेरिकी राजदूत रेण्ड बेरी, अष्ट्रिलेयन राजदूत फेलिसिट भोल्क र बेलायती राजदूत निकोला पोलिग रारा पुगेका हुन्।

हाल जलवायु परिवर्तनको न्युनिकरणमा खेलेका भूमिकाबारे तथा जलवायु परिवर्तनले पारेको असरबारे बुझ्न तीनै देशका राजदूत रारा पुगेको बुझिएको छ ।

अमेरिकी राजदूत रेण्ड बेरी र अष्ट्रिलेयन राजदूत फेलिसिट भोल्क आइतबार र बेलायती राजदूत निकोला पोलिग सोमबार रारा पुगेका हुन्। जलवायु परिवर्तनले पारेको असर तथा यसको न्युनिकरणका लागि गरिएका प्रयासबारे सरोकारवाला निकाय तथा समुदायमसँग अन्त्रक्रियामा सहभागी हुने तीनै राजदूत तीन रात रारा बिताउने भएका छन्।

उनीहरु राराको अवलोकनका क्रममा मुर्माटप, मुर्मा गाउँको भ्रमण र त्यहाँका स्थानीयसँग भेटघाट र जलवायु परिवर्तनको अवस्था बुझ्ने छ।

धेरै पढिएको