२८ बैशाख २०८१, शुक्रबार
Follow Us

सांसद डा.सूर्य पाठक एमाले केन्द्रीय सदस्यमा मनोनित

नेपालब्रिटेन डट कम्
२७ मंसिर २०७८, सोमबार ०२:४१

बागलुङ । बागलुङ निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित सांसद डा सुर्य पाठक नेकपा एमालेको केन्द्रीय सदस्यमा मनोनित भएका छन् ।

पाठकलाई आइतवार बसेको केन्द्रीय समितिको बैठकले सदस्यमा मनोनित गरेको हो ।

पाठकले तत्कालिन बहालवाला राज्यमन्त्री चम्पादेवी खड्काललाई १३ हजार ४१ मतको फराकिलो अन्तरले हराउदै प्रभावशाली जित हासिल गर्न सफल भएका थिए । उनले ३३ हजार ६ सय ५७ मत लिएर विजयी भएका थिए ।

नेकपा एमालेका युवाबीच लोकप्रिय पाठकले संसदमा खेलेको महत्वपूर्ण भूमिका पार्टीभित्र निकै चर्चामा रहने गर्दछ । पाठक यसअघि पार्टीको संसदीय समितिको सदस्यमा मनोनित भएका थिए ।