२४ बैशाख २०८१, सोमबार
Follow Us

एनआरएन युरोपेली सम्मेलन जुलाई २९ बाट फ्रयाङ्कफर्टमा हुने

नेपालब्रिटेन डट कम्
१७ माघ २०७३, सोमबार १६:२९

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएन) युरोप क्षेत्रको १० औं बैठक जर्मनीको फ्रयाङ्कफर्टमा हुने भएको छ । युरोपका २७ देशको सहभागिता रहने उक्त बैठक जुलाई २९ र ३० मा गर्ने निर्णय सोमबार सम्पन्न एनआरएनए जर्मनीको साधारणसभाले सर्वसम्मतिबाट गरेको हो । गैरआवासीय नेपाली संघ (एनआरएनए) का युरोप संयोजक कुल आचार्यले राखेको प्रस्तावलाई हलले सर्वसम्मतिले पारित गरेको थियो ।

साधारणसभालाई सम्बोधन गर्दै गैरआवासीय नेपाली संघका उपाध्यक्ष कुमार पन्तले अहिलेको समय सकरात्मक सन्देश दिने युग भएको बताए । उनले गैरआवासीय नेपालीहरुले विश्वभर व्यवसायीक रुपमा सफलता प्राप्त गरिरहेको पनि बताए । पन्तले गैरआवासीय नेपालीहरुले अहिलेको जमाना कुरा भन्दा काम गर्ने हो भन्ने प्रमाणित गरेर देखाउनु पर्ने बताए । उनले राजनैतीक रुपमा कसैप्रति आग्रह पूर्वाग्रह नराखिने विचार पनि ब्यक्त गरे ।

युरोप संयोजक आचार्यले एनआरएन युरोप बैठकमा लगानी तथा आर्थिक कूटनीतिको क्षेत्रमा भएका प्रगति र विदेशस्थित नेपाली दूतावासको भूमिकाका बारेमा छलफल गरिने बताए । गैरआवासीय नेपाली संघले शुरु गरेको सामूहिक लगानीको प्रगति समीक्षा गर्दै आगामी दिनमा नेपालमा थप लगानीका सम्भवनाको विषयमा बैठक केन्द्रित हुनु पर्नेमा उनको जोड थियो ।

साधारणसभालाई सम्बोधन गर्दै एनआरएनका संस्थापक नेता रामप्रताप थापाले गैरआवासीय नेपाली संघले छोटो सयममा निकै ठूलो उपलब्धि हासिल गरेको बताए ।

गैरआवासीय नेपाली संघका संरक्षक दिल गुरुङ्गले अबको नेतृत्व लिन दोश्रो पुस्ता तयार रहन आग्रह गरे ।

एनआरएन जर्मनीका अध्यक्ष नवराज रोस्याराको सभापतित्वमा सम्पन्न साधारणसभाको उद्धघाटन कार्यक्रमका प्रमुख अतिथि जर्मनीका लागि नेपाली राजदूत रमेश खनालले गरेका थिए ।

1

2

3

5

4
16402424_10154998522822803_415603901_n

16441354_10154998523362803_730152075_n

16441440_10154998523057803_1481630608_n
फोटो – लोकमणी ढकाल