११ भाद्र २०८३, बिहीबार
Follow Us

मह जोडीले दिए बाढी पीडितलाई २ लाख

नेपालब्रिटेन संवाददाता
११ भाद्र २०८३, बिहीबार ११:२८

काठमाडौं । मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यले रसुवा बाढी पीडितलाई २ लाख सहयोग गरेका छन् । हिजो गएको कल्पनिय बाढीमा परी व्यापक धनजनको क्षति भए पछि मह जोडीले प्रधानमन्त्री राहात कोषमा २ लाख सहयोग गरेका हुन् ।

`बाढीको बितन्डताले देश रोई रहेको बेला पक्ष बिपक्ष  नभनी देश बिदेशमा रहेका नेपालीहरुलाई  प्रधानमन्त्री  राहत कोशमा आफ्नो गक्ष अनुसार सहयोग गर्न हार्दिक अनुरोध गर्दै हामी (मह ) बाट एक एक लाख गरी  २००००० (दुई लाख रुपैया ) प्रधानमन्त्री  राहत कोशमा सहयोग गर्दछौ,´ मह जोडीले भनेका छन्।

धेरै पढिएको