१६ बैशाख २०८१, आईतवार
Follow Us

देशमा धान उत्पादन घट्याे, तर धनुषामा भने बढ्याे

नेपालब्रिटेन संवाददाता
२३ पुष २०७८, शुक्रबार ०४:४१

जनकपुरधाम । मुलुकमा धान उत्पादन घटे पनि धनुषामा भने वृद्धि भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षमा देशभर ५१ लाख ३० हजार टन धान उत्पादन भएकोे छ । गत वर्ष ५६ लाख २१ हजार टन धान उत्पादन भएको थियो ।

कृषि ज्ञान केन्द्रका अनुसार चालु आर्थिक वर्षमा ५९ हजार हेक्टरमा धान खेती गरिएकोमा १ लाख ८८ हजार ८ सय टन धान उत्पादन भएको छ । जुन गत वर्ष भन्दा ११ हजार ४ सय ७० टन बढी धान उत्पादन भएको हो । गत आव ०७७/०७८मा ५९ हजार हेक्टरमा १ लाख ७७ हजार ३ सय ३० टन धान उत्पादन भएको थियो ।

धनुषामा यस वर्ष ७५ प्रतिशत सोना मंसुली र बाँकी २५ प्रतिशतमा बासमती तथा स्वर्णसब-१ ,कतरनीसहितका धान उत्पादन भएको केन्द्रका वागबानी अधिकृत प्रदीपकुमार यादवले बताए । केन्द्रीय तथ्यांक अनुसार गत आवमा धनुषामा प्रतिहेक्टर ४ टन धान उत्पादन भएको थियो भने यस वर्ष प्रतिहेक्टर ४ भन्दा कम उत्पादन भए पनि बढी जमिनमा धान खेती भएकाले समग्र उत्पादन बढेकाे हाे ।