लन्डन । चितवन एड ट्रस्ट यूके (क्याट) यूकेको साधारणसभा सम्पन्न भएको छ। चितवन एण्ड ट्रष्ट यूकेको ११ औँ अधिवेशनले पूर्व युवा व्यवशायी समाजसेवी राजु आचार्य आगामि २०२५ – २०२७ कार्यकालका लागि अध्यक्षमा सर्वसम्मतले निर्वाचित भएका छन् ।आचार्य अघिल्लो कार्यसमितिमा उपाध्यक्ष थिए ।
जुलाई २० आइतबार ठमेल रेस्टुरेन्ट सम्पन्न क्याट युकेको अधिवेशन भएको हो। नयाँ कार्यसमितिको कार्यकाल २ वर्ष रहनेछ । क्याट यूके सल्लाहकार यादव श्रेष्ठले संचालन गरेको कार्यक्रममा सस्थाका ट्रस्टी लोक गुरुङले घोषणा गरेका थिए ।
अधिवेशनका सभापति तथा २०२१ – २०२३ का अध्यक्ष कृष्ण तिवारीले पुरानो समिति विर्सजन भएको सूचना घोषणा लगत्तै ट्रष्टीहरूको संलग्नतामा सर्वसम्मत नेतृत्व चयन गरिएको हो ।
कार्यक्रममा संस्थापक अध्यक्ष कपिल श्रेष्ठले नवनिर्वाचित अध्यक्ष आचार्यलाई बधाई तथा शुभकामना दिएका छन् ।
नयाँ कार्यसमितिको उपाध्यक्ष, महासचिव लगायत समिति पछि घोषणा गर्ने कार्यक्रम छ ।
बेलायतमा बस्ने चितवनवासीहरुको साझा संस्थाका रुपमा क्रियाशील क्याट यूकेले नेपालमा विभिन्न परोपकारी काम गर्दै आएको छ ।
११ जना ट्रस्टी, सदस्य लगायतको उपस्थिति रहेको कार्यक्रममा जिल्लाको विकास तथा समृद्धिका विविध पक्षबारे छलफल भएको थियो।