८ बैशाख २०८१, शनिबार
Follow Us

गैरआवासीय नेपालीको लगानीमा नेपालमा ई-क्याब” सेवा शुरु

नेपालब्रिटेन डट कम्
८ माघ २०७८, शनिबार ०४:२५

लन्डन । नेपालमा पहिलो पटक “ई-क्याब” ट्याक्सी सेवा सञ्चालनमा आएको छ ।सुक्रबार काठमाडौंको ठमेल स्थित चारतारे होटल “एलफ्टमा “ एक भब्य कार्यक्रमका बीच ई-क्याब” सेवाको उदघाटन गरिएको हो ।

ई-क्याब” सेवाको उद्घाटन गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा.उपेन्द्र महतोको प्रमुख आतिथ्यमा सुक्रबार एक कार्यक्रमका सम्पन्न भएको छ ।

औपचारिक उदघाटनपछि बोल्दै प्रमुख अतिथि गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा.उपेन्द्र महतोले “ई क्याब नेपालका निर्देशक हरुलाई बधाई ज्ञापन गर्दै -“ई क्याब नेपालको सफलता तथा सबल अनि विश्वसनीय रुपमा विस्तार हुन शुभकामना व्यक्त गरे ।

कार्यक्रममा गैरआवासीय नेपाली संघका ,पूर्व अध्यक्ष जिवा लामिछाने,उपाध्यक्ष बद्रि केशी, संघका महासचिव डा. हेम राज शर्मा, पूर्व उपाध्यक्ष कुल आचार्य र उद्योगपति राजेन्द्र खेतान लगायतले उद्घाटन कार्यक्रममा सम्बोधन गरेका थिए ।

बेलायतमा लामो समयदेखी रहेका सफल युवाको रूपमा परिचय बनाएका नेपाली व्यवसायीहरू दिपक श्रेष्ठ,सन्तोश मण्डल,सजनी लामा र रबट बिश्वकर्माले प्रबिधिमैत्री ‘ई-क्याब नेपाल’नामक ट्याक्सी सेवा सुरु गरेका हुन् ।

जुझारू टिमले सुरु गरेको “ई क्याब नेपालले “ नेपालमा कार्यालय स्थापना गरि शुक्रबारदेखी सेबा शुरू गरेको हो। लामो समयदेखी बेलायतमा रहेको यी प्रबासी नेपालीहरूले प्रवासमा जानेको र सिकेको सिपलाई यसरी जन्मभूमिमा ल्याएर गरेको कार्यको तारिफ गरिएको छ ।शुक्रबार एक भब्य समारोहबीच सेवा सुरू गरिएको इ क्याबको यो कार्यको कार्यक्रममा उपस्थित सबैले खुलेर प्रशंसा गरेका थिए ।

ई क्याब एक अनलाइन ट्याक्सी सेवा भएको जानकारी दिइएको छ । जानकारी दिइए अनुसार यो सेवामा डिजिटल क्यू आर प्रणालीमाबाट ट्याक्सी बूक गर्न सकिन्छ । जसमा हाल २ हजार भन्दा बढी दक्ष ट्याक्सी चालकहरू आवद्ध भैसकेको र आवद्धता बढाउने क्रम जारी रहेको कुरा बताइएको छ । ई-क्याबले यो सेवा बिश्वस्तरिय सेवासुविधाका साथ सुरु गरेको दाबी गर्दै निर्देशक दीपक श्रेष्ठले नयाँ प्रविधिसंग सबैलाई जोड्ने र सबैको हितको पक्षमा आफ्नो समूह लाग्ने कुरा बताए ।

नेपाल सरकारले लिएको डिजिटल नेपाल अभियानलाई समेत सार्थकता दिने उद्देश्यले आफ्नो समूहले सेवा सुरु गरेको म्यानेजिंक डाइरेक्टर सन्तोस मन्डलले बताए ।