२३ बैशाख २०८१, आईतवार
Follow Us

उच्चस्तरीय समितिलाई निकास नदिने छुट छैन् : डा. बद्री केसी, एनआरएनए (अध्यक्ष) प्रत्यासी

नेपालब्रिटेन डट कम्
२३ माघ २०७८, आईतवार १७:१०

लण्डन। गैर आवासीय नेपाली संघ (एनआरएनए) को संस्थापन पक्षका वरिष्ठ उपाध्यक्ष एवं अध्यक्षका प्रत्यासी डा बद्री केसीले एनआरएनए संरक्षक परिषदका अध्यक्ष डा। शेष घले नेतृत्वको उच्चस्तरीय समितिको प्रतिवेदन आएपछि निर्वाचनको वातावरण बन्ने बताएका छन् ।

आइतबार उनको समूले आयोजना गरेको भर्चुअल प्रेस मिटलाई सम्बोधन गर्दै अध्यक्षका प्रत्यासी डा। केसीले उक्त विचार व्यक्त गरेका हुन् । एनआरएनएको १० औं महाधिवेशन तथा अन्तर्राष्ट्रिय सम्मेलन कहिले हुने भन्ने नै स्पष्ट हुन नसकेको समयमा संस्थापन पक्षका अध्यक्षका प्रत्यासी डा। केसीको धारणाले एनआरएनए महाधिवेशन छिट्टै हुने संकेत गरेको छ । उनले संघको महाधिवेशन विवाद मिलाउन गठित उच्चस्तरीय समितिलाई निकास नदिने छुट नभएको बताए । उनले सो समितिमा संस्था जिम्मेवार व्यक्ति रहेको हुदा समयमा निर्णय आएर निर्वाचन हुने विश्वास व्यक्त गरे ।

एनआरएनए भित्र संस्थापन इतर समूहका अध्यक्षका प्रत्यासी कुल आचार्य समूहले चुनाव हार्ने डरले विभिन्न हतकण्डा अपनाउँदै १० औं महाधिवेशन तथा अन्तर्राष्ट्रिय सम्मेलन तोकिएको समयमा हुन नसकेको बताइन्छ । एनआरएनको विधान अनुसार गएको अक्टोबरमै महाधिवेशन तथा अन्तर्राष्ट्रिय सम्मेलन हुनुपर्नेमा अहिलेसम्म पनि कहिले हुने भन्ने टुंगो लागेको छैन् ।

गत वर्षको जुलाई ३१ भित्रै ६४ देशका एनसीसीको निर्वाचन सम्पन्न भई आइसीसी महाधिवेशनका लागि प्रतिनिधिहरूको समेत टुंगो लागिसकेको भएपनि महाधिवेशन प्रतिनिधिका विषयमा विवाद भएपछि महाधिवेशन तथा अन्तर्राष्ट्रिय सम्मेलन प्रभावित हुँदै आएको छ ।

आइतबार भएको आफ्नो समूहले आयोजना गरेको प्रेस मिटमा जारी गरिएको वक्तव्यमा डा। केसीले ुनिर्वाचन सम्पन्न गर्न हदैसम्म लचकता अपनाउँदा पनि केही शक्ति केन्द्रको आडमा साइबर क्राइमको नाममा झूठा र आधारहीन आरोप लगाई निर्वाचनमा उम्मेदवारी घोषणा गरेका संघका पदाधिकारीको मनोबल गिराउने मनसाय देखिएकोु उल्लेख गरेका छन् ।

आगामी फेब्रुअरी २८ तारिखमा सम्पन्न हुने आन्तरिक तयारी गरिएको भएपनि एनआरएनए भित्रका दुई गुटको आन्तरिक विवादका कारण एनआरएनएको महाधिवेशन तथा अन्तर्राष्ट्रिय सम्मेलन अनिश्चित बन्दै आएको छ ।

पत्रकार सम्मेलनमा उपाध्यक्षका उम्मेदवारहरू डा हेमराज शर्मा (यूके), महेशकुमार श्रेष्ठ (जापान), डीबी क्षेत्री (ओमान) र धर्मराज अधिकारी (अस्ट्रेलिया), महिला उपाध्यक्ष यसमिन बेगम सैयद (साउदी अरब), युवा उपाध्यक्ष रोशन थापा (अफ्रिका), महासचिव गौरीराज जोशी, सचिव पदका उम्मेदवारहरु रामशरण सिम्खडा (यूके), चिरञ्जीवी घिमिरे (क्यानडा), ओम गुरुङ (जापान) र राधिका (टीका) गुरुङ (हङकङ), कोषाध्यक्षका उम्मेदवार लोकप्रसाद दाहाल (बेल्जियम) को उपस्थिती थियो । यस्तै महिला सहकोषाध्यक्ष यमुना भट्टराई (अमेरिका), महिला संयोजककी उम्मेदवार संगीता मरहठ्ठा (यूके) र युवा संयोजकमा मिलन छन्त्याल (आयरल्याण्ड) को समेत पत्रकार सम्मेलनमा उपस्थिती थियो ।

डा. केसीद्धारा जारी विज्ञप्ति पूर्णपाठ

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १० औँ महाधिवेशन तथा अन्तर्राष्ट्रिय सम्मेलन सम्बन्धमा चौतर्फी चासो एवं चिन्ता व्यक्त भइरहेको छ । तर, अथक, प्रयत्न, हदैसम्मको लचकता अपनाउँदा पनि निर्वाचन अझै अन्योलपूर्ण छ ।
गत वर्षको जुलाई ३१ भित्रै ६४ एनसीसीको निर्वाचन सम्पन्न भई आइसीसी महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लागिसकेको यहाँहरुलाई विदितै छ । यस बीचमा महाधिवेशन प्रतिनिधिका विषयमा केही एनसीसीमा देखिएको असन्तुष्टिले वर्तमान असहज अवस्था सिर्जना भएको तर यस परिस्थतिलाई सहज बनाउन र असन्तुष्टि समेत सम्बोधन भइसकेकोको अवस्थामा पनि निर्वाचनलाई अनिर्णयको बन्दी बनाइराख्नु वास्तवमा न्यायोचित छैन ।
यहाँ म, स्मरण गराउन चाहान्छु, कि संघका सबै पक्षलाई समेटेर सबैखाले असन्तुष्टिको अन्त्य गर्ने उद्देश्यले नै पटक पटक समस्या समाधानका लागि पहल भएका छन् । हाम्रा प्रयासहरु विधि,विधानसम्मत छन् भन्ने ठहर पाटन उच्च अदालतले समेत गरिसकेको छ ।
त्यस उपरान्त पनि संघका अध्यक्ष कुमार पन्तद्वारा गठित ५ सदस्यीय समितिले अघिल्लो महिनाको (जनवरी) पहिलो साता पनि सबै पक्षसँग घनीभूत छलफल गरी ७ बुँदे सहमति समेत जुटाइएको विदितै छ ।
यस बाहेक पनि आइसीसी बैठकको निर्णय, विधान व्याख्या समितिको निर्णय,र पछिल्लो पटक संरक्षक शेष घले नेतृत्वको उच्चस्तरीय समितिले गठन गरेको कार्यदलले तयार पारेको प्रतिवेदनले समेत प्रतिनिधि छनोट वैधानिक भएको आधारहरु पुष्टि गरिसकेको छ ।
तर, यी सबै आधारहरुलाई वेवास्ता गरी, पटक पटक निर्वाचनलाई अन्योलपूर्ण बनाएर विधि,पद्धत्ति, वैधानिक व्यवस्था विपरित मार्गमा जानु कत्तिको उचित होला ? र भोलिका दिनमा कस्तो नजीर स्थापित गर्ला हामी सबैले आ–आफ्नो स्थानबाट आत्मसमिक्षासहित सोच–विचार गर्नैपर्ने देखिएको छ ।
निर्वाचन सम्पन्न गर्न हदैसम्मको लचकता अपनाउँदा पनि केही शक्ति केन्द्रको आडमा साइबर क्राइमको नाममा झूठा र आधारहिन आरोप लगाई निर्वाचनमा उम्मेदवारी घोषणा गरेका संघका पदाधिकारीको मनोबल गिराउने मनसाय समेत देखिएको छ । तर, हामी विश्वस्त छौँ कि यसमा पनि सत्यकै जित हुनेछ ।

यी सबै गतिविधिलाई पनि निर्वाचन बिथोल्ने प्रपञ्चकै रुपमा हामीले लिएका छौँ । अन्यथा, संघको १० औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी २८ तारिखमा सम्पन्न गर्न सम्पूर्ण आन्तरिक तयारी पुरा भइसकेको अवस्थामा पनि विभिन्न प्राविधिक समस्या देखाएर निर्वाचन गर्न नदिनुपर्ने कुनै स्पष्ट आधार यहाँ देखिँदैन ।

निर्वाचनमा भएको ढिलाईले विश्वभरका ३६०० बढी गैरआवासीय नेपालीहरुको मतदानको अधिकार मात्रै खोसिएको छैन उनीहरु संस्थाप्रति उदासिन बनेका छन् । साथै, यस अन्योलले समग्र गैरआवासीय नेपाली संघको छवि धमिलिँदै विकृतिहरु बढेको भान परेको छ ।
संघलाई वैधानिक रुपमा अघि बढाउन पनि निर्वाचनको विकल्प छैन । त्यसैले संघको निर्वाचनलाई सुनिश्चित गर्न निर्वाचनको कार्यतालिका प्रकाशन गर्न निर्वाचन समिति समक्ष माग गर्दछु ।
यसका साथै, महाधिवेशन प्रतिनिधिमा देखा परेको असन्तुष्टि सम्बोधन गर्न यसअघि गठित घले नेतृत्वको उच्चस्तरीय समितिले गठन गरेको कार्यदलको समेत समयावधि सकिसकेको हुँदा तत्काल आइसीसी कार्यसमितिको बैठक बोलाई थप निर्णय गर्न समेत आग्रह गर्दछु ।

डा. बद्री केसी
अध्यक्ष (प्रत्यासी) गैरआवासीय नेपाली संघ
६ फेब्रुअरी २०२२