१८ बैशाख २०८१, मंगलवार
Follow Us

बेलायतद्धारा कोरोना सम्बन्धी सबै प्रतिवन्ध हटाउने घोषणा

नेपालब्रिटेन डट कम्
२६ माघ २०७८, बुधबार १२:२७

लण्डन । बेलायत सरकारले लागू गरेका कोरोना सम्बन्धी सबै प्रतिबन्धहरु हटाउने घोषणा गरेको छ । प्रधानमन्त्री बोरिस जोनसनले बुधवार बेलायती संसदमा ती प्रतिबन्धहरु हटाइने घोषणा गरेका हुन् । उनले फेब्रुअरीको अन्त्यमा कोराना भाइरसका प्रतिबन्ध हटाइने बताए ।

प्रधानमन्त्रीको घोषणालाई बेलायती संचार माध्येमहरुले आकस्किम निर्णय भनेर टिप्पणी गरेका छन् ।

जोनसनको घोषणालाई बेलायती संसदमा तालीद्धारा सबै सांसदहरुले स्वागत गरेका थिए । बेलायतमा ओमिक्रान संक्रमण पछि स्वास्थ्य अवस्था सहज र मृत्युमा कमी आएको विज्ञहरुको सुझावका आधारमा सरकारले सो निर्णय लिएको हो ।