१६ बैशाख २०८१, आईतवार
Follow Us

एप्स मार्फत लाइसेन्स सक्कली र नक्कली छुट्याउन सक्ने, ठाउँका ठाउँ समातिने

नेपालब्रिटेन डट कम्
१० फाल्गुन २०७८, मंगलवार ०२:३१

काठमाडौं । के तपाईं नक्कली सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बोकेर सवारीसाधन चलाइरहनुभएको त छैन । होसियार, अबदेखि ट्राफिक प्रहरीले मोबाइल एप्समार्फत लाइसेन्स सक्कली वा नक्कली के हो तत्कालै अन द स्पट (ठाउँका ठाउँ) पत्ता लगाउन सक्नेछ ।

यातायात व्यवस्था विभागले नक्कली सवारी चालक अनुमतिपत्रको प्रयोगमा नियन्त्रण गर्न ‘लाइसेन्स भेरिफिकेसन मोबाइल एप्स’ विकास गरेकाले यो काम सम्भव भएको हो । विभागले महानगरीय ट्राफिक प्रहरी महाशाखालाई यो मोबाइल एप्स हस्तान्तरण गरिसकेको छ ।

यसअघि लाइसेन्स प्रमाणीकरणका लागि कुनै पनि प्रविधि थिएन । जसका कारण शंकास्पद लाइसेन्स चेकजाँचका लागि यातायात कार्यालयहरूमा सम्पर्क गर्नुपर्ने बाध्यात्मक अवस्था थियो । अब भने आवश्यकताअनुसार ट्राफिक प्रहरीले तत्काल अन द स्पट मोबाइल एप्समार्फत लाइसेन्स प्रमाणीकरण गर्न सक्नेछ ।