१५ बैशाख २०८१, शनिबार
Follow Us

एनआरएनए अमेरिका पारदर्शि छैन् : पूर्व प्रवक्ता भट्टराई

नेपालब्रिटेन डट कम्
११ फाल्गुन २०७८, बुधबार ०४:४५

लण्डन । गैरआवासीय नेपाली संघ अमेरिकाका पूर्वप्रवक्ता ओम भट्टराईले संस्थाभित्र आर्थिक पारदर्शिताको प्रश्न उठाएका छन् । भट्टराईले बुधवार एक विज्ञप्ति जारी गर्दै वर्तमान कार्यसमितिले निर्वतमान कार्यसमितिले गरेका कामलाई ओझेलमा पार्ने प्रयास गरेको बताए । उनले गत हप्ता न्यूयोर्गमा अध्यक्ष बुद्धि सुवेदी उपस्थित एक कार्यक्रममा भएको घट्नाले संस्थालाई लज्जास्पद बनाएको बताए ।

बिज्ञप्तिको पूर्ण पाठ
आदरणीय गैर-आवासीय दाजु भाई तथा दिदि बहिनि हरुमा
नमस्कार !

गैर-आवासीय नेपाली संघ प्रवासमा रहेका सम्पूर्ण नेपालीहरुको साझा संस्था हो र यसको सस्थागत गरिमाका लागि यसको स्थापना काल देखि वर्तमान अवस्था सम्म NRNA अभियान मा जोडिनु हुने सम्पूर्ण महानुभावहरुको यस सस्था प्रति योगदान रहेको छ । सस्थागत बिकासका लागी सस्थाले गर्ने सम्पूर्ण निर्णयहरु पारदर्शी हुनु पर्दछ र NRNA सदस्यहरुको भावना अनुसार कार्ययोजनाहरु ल्याईनु पर्दछ तथा अबलम्बन गरिनु पर्दछ ।

NRNA अमेरिकाको बर्तमान परिप्रेक्षमा कुरा गर्दा निवर्तमान (२०१९-२१) कमिटिको कार्यकाल को सम्झना गर्न चाहन्छु । २०१९-२१ को कार्यसमितिले धेरै चुनौतिहरु सामना गर्नु पर्यो । त्यस मद्ये सबै भन्दा ठुलो चुनौती COVID-19 थियो । बिश्व मै फैलिरहेको महामारी रोग COVID-19 का कारण तपाई हामी धेरै ले परिवारका सदस्य तथा आफन्त गुमाउनु पर्यो । एस्तो जटिल परिस्थितिमा आफ्नो स्वास्थ्य सुरक्षाको प्रवाह नगरी च्याप्टर , क्षेत्र देखि केन्द्र सम्मका साथीहरु नेपाली दाजु भाइ तथा दिदि बहिनीहरुको सहयोग का लागि अहोरात्र खटिनु भयो । निवर्तमान कमिटि ले गरेका सम्पूर्ण काम हरुको सम्पूर्ण बिवरण हरु बिज्ञप्ति तथा NEWS NEWSLETTERS मार्फत यहाहरु समक्ष पठाएको कुरा यहांहरुमा जानकारी नै छ । निवर्तमान कमिटीले गरेका कार्यहरु लाइ यहांहरुले गर्नु भएको उच्च मुल्याम्कनको लागि हामी सदैव आभार व्यक्त गर्दछौ ।

निवर्तमान कमिटि ले आफ्नो २ बर्षे कार्यकालमा बिभिन्न चुनौति का बाबजुत पनि समय-सीमा भित्रै निर्वाचन सम्पन्न गराई समयमा नै बार्षिक साधारण सभा गर्न सफल रहयो । तर दु:खद कुरा सफत खान आतुर बर्तमान कार्यसमिति का केहि पदाधिकारी हरू बाट दसौं बार्षिक अधिवेसन (AGM ) का दौरान होहल्ला गरि अधिबेशन अवरुद्ध गर्ने प्रयास गरियो जुन कुरा अत्यन्तै निन्दनीय थियो र त्यो दिन NRNA USA ईतिहासमा एक कालो दिन साबित भयो । NEW YORK मा सम्पन्न NCC USA को दशौ बार्षिक साधारण सभामा भएको होहहल्लाको प्रपन्च कसरी गरिएको थियो भन्ने कुरा बिस्तारै खुल्दै छ ।

भर्खरै सामाजिक संजाल मा आएका बैठक का प्रत्यक्ष प्रसारण र मिडियामा आएका अन्तर्वार्ता र पत्र पत्रिका मा आएका लेख तथा NEW YORK मा हालै सम्पन्न भएको एक सभामा दीइएका अभिब्यक्तिहरु बाट तपाई हामि सबैले सहजै बुझ्न सक्छौ, NCC USA को दशौ AGM मा कसले कसबाट र किन असहज परिस्थिति स्रिजना गरेको थियो भन्ने सम्बन्धमा । त्यस घटनामा निवर्तमान कमिटीले गरेका कार्यहरु लाई अनुमोदन गर्न नदिने र निवर्तमान कमिटीले गरेका राम्रा कामहरू लाई प्रमाणित गर्न बाट बन्चित गराउने प्रयास गरेता पनि तपाईंहरूको साथ र सहयोग का कारण बार्षिक साधारण सभा सफलता पुर्बक सम्पन्न भयो ।

आगामी दिनमा यस्ता घटनाहरु दोहोरिन नदिनका लागि तपाई हामी सबै चनाखो हुनु पर्ने देखिएको छ । साथै दशौं अधिबेशनका दौरान सृजना भएको घटनाका बारेमा सम्बन्धित पक्षले त्यस्को जिम्वेबारी लिई आम गैर आवासीय नेपालीहरू समक्ष माफि माग्दै भोलिका दिनमा यस्ता घटनाहरू दोहोरिन नदिन सचेत गराउन चाहन्छौं ।

जय एनआरएन । जय अमेरिका । जय नेपाल ।

ओम भट्टराई
निबर्तमान प्रबक्ता, एनआरएन अमेरिका