२८ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएनए निर्वाचनः ८५ प्रतिशत प्रतिनिधिले सेल्फि लिए, दुई दिन म्याद थपियो

नेपालब्रिटेन डट कम्
११ फाल्गुन २०७८, बुधबार १४:०९

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन समितिले महाधिवेशन प्रतिनिधिलाई २४ फेब्रुअरीसम्म एमआइएस सिस्टममा फेस प्रमाणिकरण (सेल्फी) लिन र कागजात अपडेट गर्न आग्रह गरेको छ।

यसअघि सेल्फि लिन २२ तारिख सम्म दिएको म्यादलाई निर्वाचन समितिले २४ तारिख सम्म बढाएको हो ।

निर्वाचन समितिका प्रमुख भीमशेन बञ्जराले सूचना जारी गर्दे सेल्फी नदिएका र कागजात नपुगेका प्रतिनिधिहरुलाई आउँदो बिहिवार (भोलि) सम्म प्रक्रिया पूरा गर्न अनुरोध गरेका हुन्।् । निर्वाचन समितिले करिब ८५ प्रतिशत प्रतिनिधिहरुले सेल्फि लिइसकेको जनाएको छ ।

निर्वाचन समितिले २१ र २२ मार्चमा अनलाइन प्रणालीमार्फत मतदान गर्ने तयारी गरेको छ।