१४ असार २०८१, बिहीबार
Follow Us

नेपाल २ – ० ले इङल्याण्डसंग पराजित

नेपालब्रिटेन डट कम्
२४ बैशाख २०८१, सोमबार १७:३२

लन्डन । इङल्याण्डको सी टिमविरुद्धको मैत्रीपूर्ण खेलमा नेपाल पराजित भएको छ ।

अल्डरशट टाउनको घरेलु मैदान इबिबी स्टेडियममा सोमवार भएको खेलमा नेपालको 0 गोलका बिरुद्ध इङल्याण्डले २ गोल गरेको थियो ।

राष्ट्रिय पुरुष टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले खेलका लागि २३ सदस्यीय टोली लिएर इङल्याण्ड आएका थिए ।

नेपाली टिमा गोलकिपर, किरणकुमार लिम्बु, अभिषेक बराल र विशाल सुनार, डिफेन्डर, छिरिङ लामा, सनिश श्रेष्ठ, अभिषेक लिम्बु, विशाल बस्नेत, विमल पाण्डे, सौभाग्य राई, योगेश गुरुङ र रोहित चन्द, मिडफिल्डरमा फत्तेमान घले, मणिकुमार लामा, भरत खवास, उत्सव राई, मनिष डाँगी र लकेन लिम्बुले खेलेका थिए । यस्तै फरवार्डमा दिनेश हेन्जन, अन्जन विष्ट, गिलेस्पे जंग कार्की, हिसुब थपलिया, समिर तामाङ र सञ्जीव विष्टले खेलेका थिए ।

खेलमा इङल्याण्ड टिमले अन्तिम सम्म नेपाललाई दवावमा राखेको थियो । खेल हेर्न बेलायतका बिभिन्न शहरबाट करिब ६ हजार दर्शक अल्डरशट फुटवल मैदानमा उत्रिएका थिए ।