२३ बैशाख २०८१, आईतवार
Follow Us

बेल्जियममा पनि एमसिसीको विरोध

नेपालब्रिटेन डट कम्
११ फाल्गुन २०७८, बुधबार १५:५९

लण्डन । नेपाली जनप्रगतिशिल मंच बेल्जियले सरकारद्धारा संसदमा प्रस्तुत गरेको एमसिसीको प्रस्तावको विरोध गरेको छ ।
नेपाली जनप्रगतिशिल मंच युरोपका अध्यक्ष सुरेन्द्र भुसाल र मंचको बेल्जियम शाखाका अध्यक्ष प्रकाश पौडेलको नेतृत्वमा नेपाली दुतावास ब्रशेल्स पुगेको टोलीले सो प्रस्तावको विरोधमा ज्ञापन पत्र दिएको छ।

मंगलवार दुतावास पुगेको टोलीले कार्यवाहक महामहिम राजदुत रूश कार्की मार्फत नेपाल सरकारलाई सो बिरोध ज्ञापन पत्र पठाएको हो ।

ज्ञापन बुझाउन नेपाली जनप्रगतिशिल मंच बेल्जियमका पूर्व अध्यक्ष चित्र सुवेदी, उपाध्यक्ष भिम सुबेदी, वर्तमान सचिव तेज अर्याल, नेपाली जनप्रगतिशिल मंच युरोपको महिला विभाग संयोजक सुष्मा भूसाल लगायत नेपाली दुतावास पुगेका थिए ।

ज्ञापन पत्रमा एनसीसी प्रस्तावमा भएका अपमानजनक सर्तहरू अस्वीकार्य भएकोले सो सम्झौता खारेजीको माग गरिएको छ ।