२३ बैशाख २०८१, आईतवार
Follow Us

युकेमा ड्रिन्क ड्राईभिङ कानूनः दोषी पाइए कडा सजाय

नेपालब्रिटेन डट कम्
२४ माघ २०७३, सोमबार ०६:०१

लन्डन । बेलायतमा प्रत्येक वर्ष औषतमा ३ हजार ड्रिन्क ड्राईभिङ दुर्घटनामा मर्छन वा घाइते हुन्छन् । यस्ता दुर्घटनामा ज्यान गुमाउने ६ मध्य १ जाना चालकले तोकिएको सीमा भन्दा बढी मदिरापान गरेको पाइएको सरकारी तथ्यान्क छ । ड्रिन्क ड्राईभिङ्ग गर्नेमा विभिन्न उमेर समुहका वर्ग पर्छन । बिशेषतः १७–२९ वर्षका युवाहरु बढी परेको तथ्यांकले देखाउँछ । बेलायत सरकारको हालैको ड्रिन्क ड्राईभिङ क्याम्पेनमा यो उमेर समूहलाई लक्षित गरिएको छ । औषतः प्रत्येक वर्ष ५ लाख जनासँग प्रहरीले श्वास टेस्ट लिने गरेको छ । जस मध्य १ लाख जना पोजिटिभ भेटियो ।
बेलायतमा चालकको लागि अल्कोहलको कानुनी सीमा ३५ माईक्रोग्राम प्रति १०० मिलीग्राम श्वास रहेको छ भने स्कटल्यान्डमा २२ माईक्रोग्राम प्रति १०० मिलीग्राम श्वास रहेको छ । तर यसलाई ठ्याक्कै मात्रा परिणत गर्न कठिन छ । किनभने अल्कोहलको प्रभाव प्रत्येक व्यक्ति मा फरक हुन्छ । विशेष गरी व्यक्तिको तौल, उमेर, शरीरको उर्जा प्रयोग गर्ने दर, अल्कोहलको प्रकार र मात्रा, मदिरापान गर्दा समयको तनाव आदि ईत्यादिमा भर पर्ने गर्छ । युके सरकारले ड्रिन्क ड्राईभिङ कानून अन्तर्गत कडा सजाय तोकेको छ । जस मध्ये ६ महिना जेल सजाय, असीमित जरिवाना, न्युनतम १ वर्ष ड्राईभिङ निषेध र १० वर्षको अवधिमा दोस्रो पटक पक्राउ परेमा ३ वर्ष ड्राईभिङ निषेध गरेको छ ।
ड्रिन्क ड्राईभिङमा परेको रेकर्ड ११ वर्षसम्म लाईसेन्समा रहन्छ र रोजगार खोज्ने क्रममा रोजगारदाता कम्पनीलाई जानकारी दिनु पर्ने हुन्छ । साथै कार को इन्स्योरेन्स पनि धेरै बढने गर्छ ।
बेलायतमा पनि सरकारले अप्रिल २०१६ मा अल्कोहलको कानुनी सीमा ३५ माईक्रोग्राम बाट घटाएर २२ माईक्रोग्राम बनाउने पास गरिसकेको छ । प्रहरीसँग श्वास नाप्ने उपकरण उपलब्ध नभएको कारणले गर्दा उक्त नियम लागू भइनसकेको अवस्था रहेको छ ।
युके बसाईको क्रममा नेपाली पनि छिटपुट उक्त सजाय भोग्नेमा परेको पाइन्छन । १–२ क्यान बियर पिउदा फरक नपर्ने हामी नेपालीहरुको धारणा रहेको छ । आतिथ्य भावले पाहुनालाई करै गरेर बियर पिउन लगाउने पनि चलन छ । १–२ क्यान बियर त श्वासैमा हराउँछ भन्ने पनि हाम्रो मान्यता छ ।
– खगेन्द्र गौचन
हाल स्विन्डन, युके