२४ बैशाख २०८१, सोमबार
Follow Us

युक्रेनमा रहेका नेपालीलाई घरभित्रै रहन नेपाली दूतावास जर्मनीको आग्रह

नेपालब्रिटेन डट कम्
१३ फाल्गुन २०७८, शुक्रबार ०८:३८

लण्डन । युक्रेनमा रहेका नेपालीलाई संयमता अपनाई हाल बसोबास गरिरहेको स्थानमा घरभित्रै सुरक्षित रुपमा रहन जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासले आग्रह गरेको छ ।

दूतावासले बिहीबार सूचना जारी गर्दै युक्रेनको हवाई क्षेत्र नागरिक व्यावसायिक उडानका लागि अल्पकालीन रुपमा बन्द भएकाले हवाईमार्गबाट तत्काल युक्रेन छोड्न सम्भव नहुने देखिएकाले घरभित्रै सुरक्षित रहन आग्रह गरेको जनाएको छ ।

सम्भव भएमा सडक तथा रेलमार्गबाट युक्रेनकै पश्चिम तर्फका बढी सुरक्षित स्थानमा जान, राहदानी, परिचयपत्र सवारी चालक अनुमतिपत्र, बैंकको कार्ड लगायतका कागजात आफ्नो साथमा राख्न पनि दूतावासले आग्रह गरेको छ ।

यस्तै, साथीभाइ, परिवार र नियोगसँग नियमित सम्पर्कमा रहन पनि दूतावासले आग्रह गरेको छ ।