२३ बैशाख २०८१, आईतवार
Follow Us

एनआरएनए निर्वाचनः यस्तो मतदाता सूची, दावी विरोध गर्न सकिने

नेपालब्रिटेन डट कम्
१३ फाल्गुन २०७८, शुक्रबार १५:०७

लण्डन । गैरआवासीय नेपाली संघको मार्च तेस्रो साता हुने निर्वाचनको लागि पहिलो मतदाता नामावली प्रकाशन गरिएको छ ।

संघको निर्वाचन समितिको पूर्वनिर्धारित कार्यतालिका बमोजिम शुक्रवार सांझ ५ बजे उक्त नामावली प्रकाशन गरिएको हो ।

संघको विधानअनुरुप गत अगष्ट महिनाको १५ तारिखभित्र राष्ट्रिय समिति मार्फत केन्द्रमा दर्ता भएका ३६३४ जना नामावली प्रकाशन गरिएको निर्वाचन समितिले जनाएको छ ।

निर्वाचन समितिका अनुसार पहिलो चरणमा नामावली प्रकाशन भएकाहरुलाई आगामी फेब्रसअरी २५ तारिखभित्र नपुग भएको कागज र शेल्फि दिने अवसर दिइएको थियो । सो निर्वाचनमा मतदान गर्न वा उम्मेदवार बन्न चाहनेहरुले संघको स्मार्ट एनआरएनए एप डाउनलोड गरेर आआफ्नो शेल्फि अनिवार्य दिनु पर्ने व्यवस्था गरिएको छ ।

निर्वाचन समितिको पूर्वप्रकाशित तालिका अनुसार भोलि २६ र २७ तारिख मतदाता नामावली माथि दावा विरोध गर्न सकिने छ ।

संघको नयां नेतृत्वको लागि मार्च २१ र २२ तारिख अनलाइन मार्फत निर्वाचन हुदैछ ।