२३ बैशाख २०८१, आईतवार
Follow Us

भवन किन्न् पैसा उठाउला, सर्वसाधारणले तिरेको शुल्क तिरौं : गौरीराज जोशी, सचिव एनआरएनए

नेपालब्रिटेन डट कम्
१८ फाल्गुन २०७८, बुधबार २२:३९

लण्डन । गैरआवासीय नेपाली संघका सचिव गौरीराज जोशीले एनआरएनए अमेरिकालाई पन्जिकृत सदस्यहरुको शुल्क केन्द्रमा तिर्न आग्रह गरेका छन् ।
जोशीले बुधवार एक विज्ञप्ति जारी गर्दै अमेरिकाको कार्यालय भवन वनाउन स्रोत र साधनको अभाव नहुने बताएका छन् । उनले संस्था एक जुट भएर जांदा अझ बढी स्रोत जुटाउन सक्षम हुने बताए ।

बिज्ञप्तिको पूर्णपाठ

कार्यसमितिका पदाधिकारीज्यूहरु
गैर आवसीय नेपाली संघ, राष्ट्यि समन्वय परिषद अमेरिका, क्यानडा लगायत अमेरिका क्षेत्र ।
गैर आवसीय नेपाली संघ (एनआरएनएए)अप्ठ्यारो अवस्थामा रहेको यहांहरुलाई जानकारीमै छ । बृहत हुदैं गएको संस्थामा फरक विचार आउनु स्वभाविक पनि हो तर, यसले हाम्रो साझा अभियानलाई कमजोर वनाउन दिनु हुदैंन । विदेशमा वस्ने नेपालीका पक्षमा उठाउनु पर्ने थुप्रै मुद्दा छन । मतदानको अधिकार देखि नेपाली नागरिकताको निरन्तरता, विदेशमा अप्ठ्यारो पर्दा सहयोग पाइन्छ भन्नेमा निश्चितता, रेमिट्यान्स पठाउनेलाई सहयोग र सहुलियत जस्ता मुद्दा अझ प्रखर रुपमा उठाउनु पर्ने अवस्था छ ।

यो अवस्थामा म एनआरएनए एनसीसी अमेरिका, एनसीसी क्यानडा लगायत अमेरिकाज् क्षेत्रका सवै एनसीसीलाई अहिलेको अप्ठ्यारो अवस्थालाई हटाउन सहयोगका भुमिका खेल्न अनुरोध गर्दछु ।

अहिलेको अवस्थालाई सहज अवतरणका लागि सदश्यता संख्याका हिसावले सवैभन्दा ठुलो एनसीसी अमेरिकाको भूमिका र जिम्मेवारी अझ वढी छ । यो समस्या खुला दिलले विद्यान र नियमभित्र वसेर छलफलमा वस्दा एकैछिनमा हाम्रा समस्या टुगिछन् । एनआरएनए एनसीसी अमेरिका, क्यानडा लगायतले सदश्य वाट लिएको शुल्क नियमअनुसार आईसीसीलाई नवुझाउंदा संस्थाको विधान र व्यवहारिकता विच के गर्ने भन्ने असमजस्यता आएको हो ।

एनआरएनए एनसीसी अमेरिकाले आफ्नो लागि कार्यालय भवन किन्ने निर्णय गरेको छ । यो सकरात्मक हो । यसका लागि मेरो व्यक्तिगत र संस्थागत रुपमा सहयोग र संलग्नता हुने छ । आईसीसीलाई बुझाउनुपर्ने रकम राफसाफ गर्दा एनसीसी अमेरिकाको कार्यालय भवन वनाउन स्रोत र साधनको अभाव हुन्छ, जस्तो मलाई लाग्दैन । एक जुट भएर जांदा अझ बढी स्रोत जुटाउन हामी सक्षम हुने छौं । हाम्रो काम गर्ने उत्साह अझ वढ्ने छ ।

अहिलेको अप्ठ्यारोको निकास दिन एनआरएनए एनसीसी अमेरिका लगायत यस क्षेत्रका सवै एनसीसीसंग आईसीसी सचिवका हैषियतले म आफ्नो भुमिका निभाउन तत्पर छु । हामीसंग समय थोरै छ । मिलेर अहिलेको जटिलताको गांठो विस्तारे फुकाउन शुरु गरौं । सहमती र सहकार्यका लागि एक जुट भएर अगाडी बढौं । एनआरएनए अभियानलाई अझ उचाईमा पुर्यौं । मेरो यही अनुरोध छ ।

गौरीराज जोशी
सचिव (एनआरएनए।