२२ बैशाख २०८१, शनिबार
Follow Us

एनआरएनए महासचिवमा विनय अधिकारीले गरे उम्मेदवारी दर्ता

नेपालब्रिटेन डट कम्
२३ फाल्गुन २०७८, सोमबार ०८:५६

लण्डन । आगामी मार्च २१ र २२ सम्म हुने एनआरएनएको १० औ अन्तरराष्ट्रिय महाधिवेशनमा विनय अधिकारीले महासचिव पदमा उम्मेदवारी दर्ता गरेका छन् । उनले आफु महासचिवको शसक्त र जित्ने उम्मेदवार भएको पनि बताएका छन् । उनले सोमवार उम्मेदवारी दर्ता गरे संगै यस्ता एजेण्डा राखेका छन् ।

उनको यसअघि एक घोषणासभाकोमार्फत यस्ता एजेण्डा ल्याएका थिए

उम्मेदवारी घोषणा सभाका अध्यक्ष ज्यु
गैर आवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषद् अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नु भएका वर्तमान उपाध्यक्ष रबिना थापा ज्यु

पत्रकारहरु मित्रहरु तथा पत्रकार सम्मेलनमा पाल्नु भएका सामाजिक अभियन्ताहरुलाई एनआरएनए महासचिव पदको उम्मेदवारको रुपमा सम्पुर्ण महानुभावलाई हार्दिक स्वागत तथा नमस्कार टंक्राउन चाहान्छु ।

नेपाल बाहिरको नेपालीको सुख दुखको साथी एनआरएनएको संस्थागत विकासका लागि अध्यक्ष पदमा रबिना थापा र महासचिव पदमा म विनय अधिकारी निर्वाचनमा जाने निधो गरिसकेको अवगत गराउन चााहान्छु । युवा र महिला ससक्तिकरणका लागि एक जना महिला जो तपाई हामी विचमा हुनु हुन्छ । उहाँले एनआरएनएको अध्यक्ष पदमा आफुलाई दह्रो गरि उभ्याउनु भएको छ । उहाँको यो साहस र समाजसेवा प्रतिको लगावलाई म हृदयदेखि नै नमन गर्न चाहान्छु ।

गैरआवासीय नेपालीहरु पनि नेपाली नै हुन । मातृभुमिको सुख र दुखमा हामी जहिले पनि साथमा छौ । यहाँ आउने बिभिन्न चाड पर्व, रिति रिवाज र परम्परालाई हामीले विदेशमा बसेर पनि जीवित राखेका छौ । मुलुकको अस्थिर राजनीति र आ आफ्नो कमजोर आर्थिक अवस्थाका कारण हामी विदेशमा रोजगारीको लागि जानु परेको छ । कोही अध्ययन अनुसन्धान, कोही जागिर, कोही गोर्खा भर्तिलगायतका बिभिन्न कारणले बाहिरिए पनि हामी तपाईहरु जस्तै नेपाली हौ ।

हाम्रा छोराछोरीले नेपाली भाषा नै बोलिरहेका छन । नेपालमा भुकम्प जाँदा होस, बाढी पहिरो वा अन्य कुनै आपतकालिन अवस्थामा विदेशस्थित हामी नेपालीहरु एक भएर जन्मभुमीलाई सहयोग गर्न तत्पर हुन्छौ । कोरोना संक्रमणका बेला हामीले एक व्यक्ति एक कन्सन्टेटर वा अक्सिजनको नारा लगायौ । नेपालमा बिभिन्न अवस्थामा र स्वास्थ्य मन्त्रालयमा ज्वरो जाँच्ने मेशिनदेखि अक्सिजन प्लान्ट राख्ने सम्मको काममा नेपाल सरकार र नेपाली जनतासँग सहकार्य गरेको सर्वविदितै छ ।