२३ बैशाख २०८१, आईतवार
Follow Us

दिनेश जोशीले दिए ओसेनिया संयोजकको उमेदवारी

नेपालब्रिटेन डट कम्
२५ फाल्गुन २०७८, बुधबार ०५:१८

गैर आवासीय नेपाली संघको आगामी मार्च २१-२३ मा हुने साधारणसभामार्फत नेतृत्वको दाबेदारी धमाधम सार्वजनिक हुन थालेको छ ।

केन्द्रिय नेतृत्वको लागि धमाधम उमेदबारी दर्ता हुँदै गर्दा क्षेत्रीयस्तरमा पनि निकै बलियो प्रतिस्पर्धा हुने देखिएको छ ।

यसै क्रममा अस्ट्रेलिया न्युजिल्यान्ड र पपुवा न्युगीनी सम्मीलित ओसेनिया क्षेत्रको संयोजकमा सिड्नीका युवा अभियन्ता तथा जनसम्पर्क समितिका संस्थापक दिनेशराज जोशीले उमेदवारी दर्ता गराएका छन्।

यस्तै केन्द्रिय सचिवमा ब्रिजेबनका अभियन्ता अभिमानसिंह बस्नेतले उमेदबारी दिएका छन्।

एनआरएन अभियानमा देखिएको विवाद चरम मोडमा पुग्दै गर्दा पनि यस संस्थामा उमेदवारी दिनेहरुको भीड रोकिएको छैन।

क्षेत्रीय संयोजकमा पर्थका दिपक शर्मालेसमेत उमेदवारी दिएका छन्।

‘कुनै पनि संस्था भित्र देखिएको विकृति र बिसंगती हटाउन संस्था भित्रै रहेर सुधार गरे मात्र सम्भव हुन्छ भन्ने हाम्रो मान्यता हो र त्यसैका लागि पनि मेरो उमेदवारी हो’, क्षेत्रीय संयोजकका उमेदवार दिनेश जोशीले बताए।

दुई दशकको अस्ट्रेलिया बसाइमा एनआरएनका विभिन्न पदमा रही परोपकारी अभियानमा सहभागि भइसकेका जोशी प्रतिस्पर्धालेनै संस्थालाई बलियो बनाउने तर्क गर्छन्।

प्रतिस्पर्धानै प्रजातन्त्रको मुटु भएकोले संस्थाको गतिशिलताको लागि यो महत्वपूर्ण भएको उनले बताए।

जोशी यसअघिको आइसीसी निर्वाचनमा मात्र दुई भोटले पराजित भएका थिए। उनी नेपाली कांग्रेसको भगिनी संस्था जन सम्पर्क समितिको संस्थापक समेत हुन्।

सचिवमा दाबेदारी दिएका अभिमानले भने एनआरएन जस्तो बीस वर्षको इतिहास बोकेको संस्थालाई टुक्राउने होइन एक भएर जानुपर्छ भन्ने शन्देश आफ्नो उमेदवारीमार्फत दिएको उनले बताए।