३१ बैशाख २०८१, सोमबार
Follow Us

नेपाली काँग्रेस सप्तरीको सभापतिमा रामदेव साह विजयी

नेपालब्रिटेन संवाददाता
२६ फाल्गुन २०७८, बिहीबार १४:२४

सप्तरी । नेपाली काँग्रेस सप्तरीको सभापतिमा डा. शेखर कोइराला पक्षबाट उम्मेदवार रामदेव साह विजय भएका छन् । संस्थापन पक्षका उम्मेदवार शत्रुधन यादवलाई १ सय १६ मतले पराजित गर्दै ११ सय ८६ मत प्राप्त गरि उनी विजयी भएका हुन् । यादवले १ हजार ७० मत प्राप्त गरेका छन्।

मंगलबार सम्पन्न मतदानको मत गणना बिहिवार बिहानदेखि शुरू भएको थियो कांग्रेस सप्तरीमा कुल २ हजार ५३५ मतदाता छन् ।

जसमध्ये २ हजार ३४२ जनाले मतदान गरेका थिए । सभापति सहित ८५ पदका लागि मतदान भएको छ।उपसभापति सहित अन्य पदको मतदान अब शुरूहुने मतदान अधिकृत डा. रुद्र शर्माले जनाएका छन ।