२५ बैशाख २०८१, मंगलवार
Follow Us

काठमाण्डौं – लण्डन यात्रामा पिसिआर रिपोट नचाहिने

नेपालब्रिटेन डट कम्
३० फाल्गुन २०७८, सोमबार १८:५३

लण्डन । विश्वभर कोरोना भाइरसको प्रभाव कम हुदै गए पछि यात्रामा लागेका प्रतिबन्धहरु समेत हट्दै गएका छन् । यसैबीच लामो समय देखि पिसिआर रिपोट अनिवार्य गरेका कतार, इमिरेट, टर्किस् एयरवेजले सो प्रावधान हटाएका छन् ।

ट्राभल्स् कन्स्लो लण्डनका प्रमुख विराज भट्टका अनुसार पूर्ण डोज खोप लिएका काठमाण्डौं – लण्डन यात्रा गर्ने यात्रुहरुले पिसिआर रिपोट देखाउनु पर्दैन् ।

उनीहरुले बेलायत सरकारले तोकेको यात्रु लोकेटर फारम भने अझै भर्नु पर्ने हुन्छ । भट्टका अनुसार ट्रान्जिटमा रहेका यात्रुहरुले समेत पिरिआर रिपोट देखाउनु पर्दैन् ।

यसअघि नेपाल सरकारले पूर्ण डोज लिएका काठमाण्डौं उत्रिने यात्रुहरुको लागि पिसिआर रिपोट नचाहिने घोषणा गरेको थियो ।

यसअघि बेलायत सरकारले गएका गतवर्ष देखि कोभिड १९ विरुद्ध लगाएका प्रतिबन्धहरु हटाएको थियो ।