२५ बैशाख २०८१, मंगलवार
Follow Us

परराष्ट्रमन्त्रीको अध्यक्षतामा एनआरएनए विश्वसम्मेलन तयारी समिति गठन

नेपालब्रिटेन डट कम्
३० फाल्गुन २०७८, सोमबार १९:१७

लण्डन । सरकारले गैरआवासीय नेपाली संघको विश्व सम्मेलनको लागि तयारी समिति गठन गरेको छ।

संघको आगामी १० औं विश्व सम्मेलन तथा महाधिवेशनको लागि परराष्ट्रमन्त्री नारायण खड्काको अध्यक्षमा २० सदस्सीय आयोजक समिति गठन गरिएको हो ।

समितिमा राष्ट्रिय योजना आयोग, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, परराष्ट्र मन्त्रालय, कानुन, अर्थ, गृह, संस्कृति पर्यटन तथा नागरिक उड्यन, उद्योग लगायतका मन्त्रालयका सचिवहरु सदस्य रहेका छन् ।

संघको स्थापनाकाल देखिनै परराष्ट्र मन्त्रालय आयोजक बन्दै आएको छ ।