२६ बैशाख २०८१, बुधबार
Follow Us

फोनिज युके अध्यक्षमा गोमा राना

नेपालब्रिटेन डट कम्
५ चैत्र २०७८, शनिबार २२:३४

लण्डन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युकेको शनिबार सम्पन्न साधारणसभाले अध्यक्षमा गोमा रानालाई चयन गरेको छ ।

नवनियुक्त अध्यक्ष रानाले आफ्नो कार्यकालमा सबैको सहयोग प्राप्त हुने अपेक्षा गर्नुभएको थियो। उहाँले आगामी दिनमा पत्रकारिता तालिम, सदस्यता वृद्धि लगायतका कार्यक्रम ल्याउने पनि जानकारी दिनुभयो ।

फोनिज युकेका अध्यक्ष प्रमिला लाबुङ राईको अध्यक्षता र सचिव लीला सेलिङ माबोको सञ्चालनमा भएको सो साधारणसभामा सचिव सेलिङ माबोले सांगठानिक प्रतिवेदन र कोषाध्यक्षका तर्फबाट उपाध्यक्ष गोमा रानाले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो । दुवै प्रतिवेदनहरु सर्वसम्मतिले पारित गरिएको थियो ।
सो अवसरमा नयाँ पुस्तक निकाल्नुभएकोमा सचिव लीला सेलिङ माबो र सल्लाहकार एकेन्द्र गुरुङलाई, नयाँ गीत प्रकाशन गर्नु भएकोमा पत्रकार मिलन तमु, गोरखा नागरिकता निरन्तरता अभियानका लागि होम सुनुवार र एभरेष्ट टाइम्सको प्रबन्ध निर्देशक हुनुभएकोमा नगेन्द्र नेम्वाङलाई बधाई ज्ञापन गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि शेर्पा, सम्मानित व्यक्तित्वहरु नरेश खपाङ्गी र बिमला सेने, पुस्तक प्रकाशन गर्नुहुने लीला सेलिङ माबो र एकेन्द्र गुरुङ लगायतले बोल्नुभएको थियो ।
शाखाका अध्यक्ष प्रमिला लाबुङ राईले सबैलाई समान अवसर प्रदान गर्न र नेतृत्व विकासका लागि आफूले अध्यक्ष पदबाट राजिनामा दिएको बताउनु भएको थियो । कार्यक्रममा राईले नवनियुक्त अध्यक्ष रानालाई खादा लगाई कागजात हस्तान्तरण गर्नुभएको थियो ।