१५ बैशाख २०८१, शनिबार
Follow Us

बैशाख ३० गते पाँच दललाई एउटै खुट्टाले कुल्चने छौंः अध्यक्ष ओली

नेपालब्रिटेन संवाददाता
६ चैत्र २०७८, आईतवार १३:१४

इलाम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी बैशाखमा हुने स्थानीय चुनावमा पाँच दलीय गठबन्धनलाई खुट्टाले कुल्चने बताएका छन् । इलाममा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले पाँच दलीय गठबन्धनलाई एमालेले एउटै खुट्टाले कुल्चने दाबी गरे ।

स्थानीय चुनावको नतिजा एमालेको पक्षमा आउने र त्यसपछिका चुनाव पनि एमालेमय हुने उनले बताए । जनताको बीचमा एमालेलाई कसैले पनि ढाल्न नसक्ने उनको भनाइ छ ।

अध्यक्ष ओलीले पछिल्लो समय पार्टी प्रवेशको लहर जागेको बताएका छन् । इलाममा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले आफु जहाँ गयो त्यहींका जनप्रतिनिधि एमालेमा प्रवेश गर्न लागेको बताए । ‘म जहाँ गयो त्यहींका मेयर, गाउँपालिका प्रमुख, एमालेमा प्रवेश गरिरहेका छन् । उनीहरूको पार्टीले राम्रो गरेको भए किन एमाले प्रवेश गर्नेथिए ? अहिले पार्टी प्रवेशको लहर नै लागेको छ,’ अध्यक्ष ओलीले भने ।

विभिन्न पार्टी परित्याग गरेर एमाले प्रवेश गर्नेहरू बुझेर नै आएको बताए । ‘तपाईहरू अरु पार्टी परित्याग गरेर आउनुभएको छ । तपाईहरू बुझेरे नै आउनुभएको छ । तपाईको चेतनालाई म सलाम भन्न चाहन्छु,’ ओलीले भने । अहिले एमाले जुन मजबुद हालतमा छ त्यो नेताहरूले नभएर कार्यकर्ताका कारण भएको बताए ।