२१ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएनएमा एकताः यस्तो छ पदिय जिम्मेवारी

नेपालब्रिटेन डट कम्
१० चैत्र २०७८, बिहीबार १९:४१

 

लण्डन । गैरआवासीय नेपाली संघभित्र गतहप्ता भएको बृहत एकतालाई टुंगोमा लैजान पदिय जिम्मेवारीहरु थपिएका छन् ।
गैरआवासीय नेपाली संघको उच्चस्रोतका अनुसार अध्यक्षमा तीन जना रहनेछ ।

यस्तै ८ जना उपाध्यक्ष, २ जना महासचिव, ८ जना सचिव, २ जना महिला सचिव, २ जना कोषाध्यक्ष, सहकोषाध्यक्ष ३ जना, महिला सहकोषाध्यक्ष २ जना, प्रवक्ता २ जना, महिला संयोजक २ जना, युवा संयोजक २ जना रहने छ ।

अध्यक्ष बाहेक अन्य पदमा को कहाँ रहने भन्ने बारेमा भने छलफल जारी रहेको छ ।