२२ बैशाख २०८१, शनिबार
Follow Us

एनआरएनए एकताः १७ बुँदे सहमतिनै त्रुटिपूर्ण, कार्यान्वय हुनेमा आशंका

नेपालब्रिटेन डट कम्
१० चैत्र २०७८, बिहीबार २०:५५

लण्डन । गैरआवासीय नेपाली संघको एकता कायम गरिएको पछिल्लो सहमति पूर्णरुप लागू हुनेमा आशंका गरिएको छ ।
संघको १० औं महाधिवेशनको लागि अध्यक्षमा प्रत्यासीद्धय डा. बद्री केसी, रविना थापा र पूर्वउपाध्यक्ष कुल आचार्यबीच भएको सहमति पत्रनै पूर्णरुपमा त्रुटिपूर्ण भेटिएको छ ।

गैरआवासीय नेपाली संघको उच्चस्रोतका अनुसार कुल आचार्यलाई शेघ घलेको सम्मेलनमा रोक्नको लागि अर्को पक्षले अन्धाधुन्ध सहमति पत्रमा हस्ताक्षर गरेको देखिन्छ । स्रोतले भन्यो, ‘बुँदा नम्बर १ मै हाल सम्मको निर्वाचन प्रकृया खारेजे हुने भनेर लेखिएको छ त्यो प्रकृया कुनै सहमतिका आधारमा खारेज हुनै सक्दैन्, एक जना उम्मेदवारले मात्र म निर्वाचन लड्न पाउनु पर्छ भन्यो भने उसको अधिकारको कुरा हो निर्वाचनमा लैजानु पर्छ । होइन् भने कानुनी लडाई फेरी शुरु हुन् सक्छ ।’

गैरआवासीय नेपाली संघको महासचिवमा उम्मेदवार बिनय अधिकारीले आफुले कुनै पनि टिकेप्रथा नमान्ने बरु प्रतिनिधिहरुले दिएको फैसलाको सम्मान गर्ने बताए ।

यस्तै बुँदा नम्बर १५ मा संघको ८२ औं बैठकद्धारा संघको संरक्षक परिषद खारेजीलाई बदर गर्नु पर्ने उल्लेख छ । संघको पूर्वअध्यक्ष शेष घलेलाई खुशी पार्न ल्याएको यो बुँदा घलेले छुट्टै सम्मेलन सम्पन्न गरे पछि औचित्य हिन भएकोछ । यस्तै सहमति पत्रका एकता महाधिवेशन गर्ने, विधान संसोधन गर्ने, न्यायिक समिति बनाउने, सदस्यता व्यवस्थापन समिति बनाउने लगायतका विषय समावेश गरिएका छन् ती अधिकांस बुँदाहरु संघको विधान, प्रचलित कानुन र संघको परम्परा विपरित छन ।

सहमतिपत्रमा अध्यक्षकी प्रत्यासी रविना थापाको नाम समेत समावेश नगरिएको कारणले कार्यान्वय हुनेमा आसंका गरिएको छ ।

संघका महासचिव डा. हेम राज शर्माले दुई अध्यक्षका उम्मेदवारबीचको सहमति पत्र मिडियामा आउनु दुर्भाग्यपूर्ण भनेका छन् । । उनले सम्झौता स्वीकार गर्ने वा अस्वीकार गर्ने अन्तर्राष्ट्रिय महासभाका प्रतिनिधिहरूमा भर पर्ने बताए ।